Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भुटानी शरणार्थी क्याम्पमा आगलागी, एक विरामी बृद्धको जलेर मृत्यु

भुटानी शरणार्थी क्याम्पमा आगलागी, एक विरामी बृद्धको जलेर मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७७ मंगलवार • ११:२०:३१ बजे
  • 1.3K
    SHARES
  • भुटानी शरणार्थी क्याम्पमा आगलागी, एक विरामी बृद्धको जलेर मृत्यु

     झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ ।दमक–३ स्थित शिविरमा आगलागी हुँदा ६० वर्षीय देशमान राईको जलेर मृत्यु भएको हो । राई बाँसले बारेको एक तले घरमा सुतिरहेका थिए ।

    images

    उनको घरमा सोमबार बेलुका करिब साढे ७ बजे एक्कासी आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन ।दमक नगरपालिकाको दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी आगो निभाएका थिए ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागीबाट तीन लाख रुपैयाँ बराबरको सुनचाँदी, आठ लाख रुपैयाँ बराबरको खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology