Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

३७ लाख नगदसहित एक पक्राउ

३७ लाख नगदसहित एक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७७ मंगलवार • १२:२७:२२ बजे
  • 1.6K
    SHARES
  • ३७ लाख नगदसहित एक पक्राउ
    प्रहरीले स्रोत नखुलेको रु ३७ लाख नगदसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चितवनबाट काठमाडौँ आउँदै गरेको बा३ख ९१३९ नंको हाइस गाडीमा चितवन माडीका २६ वर्षीय रामकुमार गुरुङलाई आज पक्राउ गरेको हो । झोलामा लुकाएर ल्याएको नगद र चेकबुकसहित गुरुङलाई पक्राउ गरेको हो ।

    पक्राउ गुरुङसँग प्रहरीले रु ३७ लाख नगद, रु सात लाख ११ हजारको ग्लोबल आइएमई बैंकको एक थान चेक बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ परेका गुरुङसँग प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology