Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पल्सर स्पोर्ट्स अवार्डः भलिबलकी अरुणा शाहीले जितिन् पिपल्स च्वाइस अवार्ड

पल्सर स्पोर्ट्स अवार्डः भलिबलकी अरुणा शाहीले जितिन् पिपल्स च्वाइस अवार्ड

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २८, २०७७ मंगलवार • १८:५३:०६ बजे
  • 3.2K
    SHARES
  • पल्सर स्पोर्ट्स अवार्डः भलिबलकी अरुणा शाहीले जितिन् पिपल्स च्वाइस अवार्ड
    नेपाल खेलकुद मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइस विधामा महिला राष्ट्रिय भलिबल टोलीकी अरुणा शाहीले अवार्ड जितेकी छिन्।

    उनले मण्डेकाजी श्रेष्ठलाई पछि पार्दै पिपल्स च्वाइस अवार्ड हात पारेकी हुन्।

    यो अवार्ड विधाको मनोनयनमा अरुणा शाही (भलिबल), गौरिका सिंह (पौडी), मण्डेकाजी श्रेष्ठ (कराते), साबित्रा भण्डारी साम्बा (फुटबल), सदिना श्रेष्ठ (बास्केटबल) परेका थिए।

    भोटिङको आधारमा शाहीले सर्वाधिक भोट ल्याउँदै अवार्ड जितेकी हुन्।

    अरुणाले सर्वाधिक ३७.५२५ प्रतिशत, मण्डेकाजी श्रेष्ठले २८.४५७ प्रतिशत, सदिना श्रेष्ठले १३.४९९ प्रतिशत, गौरिका सिंहले १३.३०१ प्रतिशत र सावित्रा भण्डारीले ७.२१८ प्रतिशत मत हात पारेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology