पौष २८, २०७७ मंगलवार
•
१९:२७:३८ बजे
दीपक नेपाल
नूवाकोट जील्लाको तारूकामा प्रत्येक बर्ष माघे सक्रान्तीका दीन गोरू जूधाई प्रतीयोगीता हूने गरेको छ। स्थानियहरूका अनूसार उक्त गोरू जूधाई प्रतीयोगीता बीगत एक सय पचास बर्ष देखी चल्दै आएको हो, र यस बर्ष पनी उनन्चालीस हल गोरू जूधाउने तयारी भईरहेको छ।
यसरी परम्परा लाई नीरन्तरता दीने नाममा नीर्दोस पशूलाई रगताम्मे हूनेगरी जूधाईन्छ,अनी जीत्ने गोरूका मालीकले पूरस्कार थाप्छन् र दर्सकहरू ताली बजायर रमाउछन्। पशु अधीकार के हो, र सम्पूर्ण प्राणीहरू प्रती मानीसको जीम्मेवारी के हो ? भन्ने कूरा नत स्थानीय समूदायमा ज्ञान छ,नत गोरू जूधाई हेर्न जाने दर्शकलाई नै थाहा छ। छीटफूट रूपमा केही पशु अधीकारकर्मीहरूले उक्त परम्पराको बीरोध गरे पनी कूनै पनी सङ्गठीत संस्था अथवा राजनैतीक दलहरूले आजसम्म पशु अधीकारको बारेमा आवाज उठाउने गरेका छैनन्। हूनत राजनैतीक दलहरू आफ्नो राजनैतीक अभीष्ट पूरागर्न मानीस मानीसलाई समेत जूधाउन तत्पर हून्छन् भने ! उनीहरूले पशु अधीकारको बारेमा आवाज उठाउलान् भनेर कल्पना पनी गर्न सकीदैन। नेपालको कानून अनूसार पशु प्रती हूने नीर्दयी ब्यबहारमा रोकावट गरी पशुको उचीत ब्यबस्थापन बीकास र गूणस्तर कायम गर्दै पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को मर्म र भाबना अनूरूप पशु कल्याण सुनिश्चित गर्न बान्छनीय भएकाले पशु स्वास्थ्य तथा पशुसेवा नीयमावली २०५६ को नीयम २२ ले दीएको अधीकार प्रयोग गरी पशुपंक्षी बीकास मन्त्रालयले पशु कल्याण निर्देशिका २०७३ ले जारी गरेको छ ? तारूकाको गोरू जूधाइ उक्त निर्देशिकाको विरुद्धमा छ।
तारूकाको गोरू जूधाइले नीस्चित रूपमा पशु अधीकार कूण्ठीत भएको छ। मात्र पशुहरू भाषामा तर्क गर्न सक्दैनन् , सबै प्राणी हरूमा पीडा खूसी डर नीरासा र मातृ प्यार महसूस हूने गर्दछ । जून सबै मानीसहरूमा पनी हूने गर्दछ। सृष्टीको मान्यता छ बाच्न चाहने सबै प्राणी हरूको दूःख र पीडाबाट मूक्त हून पाउने अधीकार छ यो नै पशु अधीकार हो। पशु अधीकार एउटा दर्सन मात्र होईन यो एक सामाजीक आन्दोलन हो जसले समाजको परम्परागत दृष्टीकोणलाई चूनौती दीएको छ।तारूकाको गोरू जूधाई जनावर माथीको क्रूरता हो कारण हामी मानीस हरू आफूलाई धेरै सक्तीसाली महसूस गर्छौ अनी जानाजान कूनै पनी जनावरलाई आफ्नो स्वार्थ अनूरूप नोक्सान पूर्याउछौ। यस्था कृयाकलापले के थाहा पाउन सकीन्छ भने मानीसको चेतनामा अहीले सम्म पनी बीकास हून सकेको छैन जसलाई तारूकाको गोरू जूधाईले पूष्टी गरीदीन्छ।
नीष्कर्ष
अन्तीममा यस लेखको उदेस्य के हो भने तारूकाको गोरू जूधाई पशु अधीकार र प्राणी हीतका विरुद्धमा छ। गलत सस्कारलाई हामी मानबहरूले परीमार्जन गर्दै लैजानू पर्दछ। त्यसैले उक्त गोरू जूधाई रोक्नका लागी सबै स्थानीय बासी नागरीक समाज पशु अधीकार कर्मी लगायत सबै क्षेत्र बाट दवाब सृजना गरौ।
बेलकोटगढी ८ नूवाकोट