Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पल्सर अवार्ड म्याग्देली चेली अरुणा शाहीको पोल्टामा

पल्सर अवार्ड म्याग्देली चेली अरुणा शाहीको पोल्टामा, फेरि चिनियो म्याग्दी

पल्सर अवार्ड म्याग्देली चेली अरुणा शाहीको पोल्टामा, फेरि चिनियो म्याग्दी

बादल शाही

बादल शाही

पौष २८, २०७७ मंगलवार • २२:०५:३४ बजे
  • 2.8K
    SHARES
  • पल्सर अवार्ड म्याग्देली चेली अरुणा शाहीको पोल्टामा, फेरि चिनियो म्याग्दी
    बादल शाही - नेपाल खेलकुद पत्रकार मण्चले आयोजना गर्ने NSJF पल्सर स्पोर्ट्स  अवार्ड २०७६ अन्तर्गत पिपल्स च्वाइस विधा तर्फ राष्ट्रिय महिला भलिवल टोलीकी टीम कप्तान अरुणा शाहीले जितेकी छिन् । मनोनयनमा परेपछि जिल्ला भलिवल संघ म्याग्दीले म्याग्देली चेली अरुणा शाही जिताऊँ अभियान नै सन्चालन गरेपछि बाजि शाहीको पोल्टामा परेको हो  ।
     
    म्याग्दीको बेनीमा खेलप्रेमी तथा खेलाडीहरुको सहकार्यमा भोटिङ सहयोग अभियान सुरु गरि विभिन्न स्कुल तथा कलेजहरुमा भोटिङ अभियान नै सन्चालन गरिएको थियो, जसको नेतृत्व खेलाडी तेजेन्द्र बानियाँले गर्नु भएको थियो । अरुणाको जित म्याग्दीको जीत हो । यो जितको लागि म्याग्देलीहरुले आफ्नो एकताको राम्रो पहिचान र प्रस्तुति  दिएकोमा खेलाडी तथा खेल प्रशिक्षक तेजेन्द्र बानियाँले खुशी व्यक्त गर्नु भयो । मयुरपाटीसँग कुरा गर्दै उनले थपे जिल्ला भलिबल संघ म्याग्दीको यो अभियानलाई सफल पार्न भोट दिनु भएका सबै म्याग्देलीहरुलाई धन्यवाद समेत व्यक्त गर्नु भयो ।
     
    अहिले सामाजिक सन्जालमा भलिबल खेलाडी अरुणा शाहीलाई बधाई दिनेको होडबाजी नै चलेको छ । यस अघि म्याग्दीकी अर्की चेली सपना रोकाले पनि बिस्वको १०० शक्तिशाली महिलाको सुचीमा आफुलाई पार्न सफल भए पछि म्याग्दीलाई बिस्वले चिनेको थियो । अहिले फेरि म्याग्दीको नाम अगाडी आएकोमा  म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष रमेश श्रेष्ठले मयुरपाटीसँग कुरा गर्दै खुशी व्यक्त गर्नु भएको छ ।शाहीले यस अघि पनि १२ औं दक्षिण एसियाली खेलकुदमा कास्यपदक, १३ औं एसियाली खेलकुद प्रतियोगितामा (अरुणाको )कप्तानीमा रजत पदक र बंगलादेशमा भएको  सिनियर सेन्ट्रल जोन प्रतियोगितामा नेपाललाई स्वर्ण पदक जिताउन सफल भएकी थिईन ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • बादल शाही

    बादल शाही मयूरपाटी डिजिटल पत्रिकाकाे सम्बाददाता हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology