Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अफ्रिकी मुलुक कङ्गोमा २० हजार विस्थापितलाई नेपाली सेनाद्वारा आवास निर्माण

अफ्रिकी मुलुक कङ्गोमा २० हजार विस्थापितलाई नेपाली सेनाद्वारा आवास निर्माण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २९, २०७७ बुधवार • ११:५६:१२ बजे
  • 1.7K
    SHARES
  • अफ्रिकी मुलुक कङ्गोमा २० हजार विस्थापितलाई नेपाली सेनाद्वारा आवास निर्माण
    अफ्रिकी मुलुक कङ्गोमा तैनाथ नेपाली सेना शान्ति सैनिकको इञ्जिनीयर गुल्मले निकै छोटो समयमा ठूलो सङ्ख्यामा विस्थापित द्वन्द्वपीडितका लागि आवास निर्माण गरेर उदाहरण प्रस्तुत गरेको छ ।

    त्यहाँको डिजुगु क्षेत्रबाट विस्थापित २० हजार जनतालाई बुनियास्थित मुजिपेला क्षेत्रमा नेपाली शान्ति सैनिकले छोटो अवधिमा विभिन्न संरचनासहितको आवास निर्माण गरी हस्तान्तरण गर्न सफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो गुल्मले गत जेठ १९ गतेदेखि अन्तर्राष्ट्रिय आप्रवास सङ्गठनको अनुरोधमा सात हेक्टर जमीनमा बाटो र वासस्थान निर्माण गरेको हो ।

    यसअघि सन् २०१९ मा पनि उक्त गुल्मले सोही स्थानमा संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजार विस्थापितका लागि आवश्यक संरचना निर्माण गरी महत्वपूर्ण योगदान पुर्‍याएको थियो । नेपाली सेनाको यस कार्यको संयुक्त राष्ट्रसङ्घ शान्ति कार्यका प्रमुख, त्यहाँ तैनाथ शान्ति सैनिकका फोर्स कमाण्डर, गर्भनर र स्थानीयले मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । हाल सो गुल्मका गुल्मपति प्रमुख सेनानी सुरेश थापा हुनुहुन्छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology