Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दी पहिरो अपडेट : पहिरोले ३ जनाको मृत्यु,३१ जना बेपत्ता

म्याग्दी पहिरो अपडेट : पहिरोले ३ जनाको मृत्यु,३१ जना बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०७७ शुक्रवार • २०:३८:०१ बजे
  • 3.1K
    SHARES
  • म्याग्दी पहिरो अपडेट : पहिरोले ३ जनाको मृत्यु,३१ जना बेपत्ता

    मयूरपाटी - म्याग्दीमा बाढी र पहिरोले ३ जनाको मृत्यु भएको छ, भने ३१ जना बेपत्ता भएका छन् । अविरल बर्षासँगै आएको बाढी र पहिरोले जिल्लाको धौलागिरी,मालिका, रघुगंगा, मंगला गाउँपालिकामा गरि मानविय क्षति पुर्याएको छ ।धवलागिरी गापा –६ मराङमा बेपत्ता भएका मध्य दुईजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बाढीले बगाएर बेपत्ता रघुगंगा गापा–६ ठाडाखानीका ललिमान छन्त्यालको शव फेला परेको छ । पहिरोले मराङमा १९ जना, मालिका गाउँपालिकाको विममा ८ जना र मालिका गाउपालिका ६ दुखु खोलामा बाढीले बगाएर एक महिलासहित ३१ जना बेपत्ता भएको प्रहरी नायव उपरिक्षक किरणजंग कुवरले जानकारी दिए ।

    images

    पहिरो र बाढीको चपेटामा परी अलपत्र परेका ८० जनालाई मराङबाट सुरक्षित स्थानमा उद्धार गरिएको छ। विममा समेत अलपत्र परेकोलाई उद्धार गरिएको छ । खराव मौसमका कारण हेलिकप्टरमार्फत बेपत्ताको खोजी र अलपत्र परेकाको उद्धार गर्ने प्रयास गरिएपनि सफल हुन नसकेको प्रजिअ ढकालको भनाई छ । बाढी र पहिरोमा परि विस्थापित भएका र पीडित परिवारको जिल्लामा रहेका राजनीतिक दल, स्थानीय तह, संघसस्था लगायतले राहतको लागि आब्हान गरेका छन् । जिल्लाको बेनी नगरपालिकासहित ५ वटा गाउँपालिकामा ठुलो भौतिक क्षति समेत पुर्याएको छ ।

    म्याग्दीको मंगला गाउँपालिका अर्मनमा भारी वर्षाले बुद्धि लाल कडेल,दुर्गा राम कडेलको घर पहिरोले क्षति पुराएको छ । अन्य स्थानमा पनि उच्च जोखिम रहेको जानकारी आएको छ । मङ्गला गाउपालिका र मालिका गाउपालिकाको सिमानामा रहेको दुखु खोला माथी रहेको गाउँमा पहिरोले ठुलो मात्रामा पानीको बाहाप बढ्दा आसपसमा खेत मोटर बाटो र बस्तिमा ठुलो समस्या आएको र अझै खतरा निम्त्याउन सक्ने असबस्था रहेको छ ।

    तल्लो दुखु , ससधारा,सेरा, रणबाङ्ग, छिस्बाङ्ग, पिपलबोट, लाम्पाटा, बाबियाचौर, हुदै सिमलचौर तातोपानी कुण्डमा बाढी पसेको छ । तातोपानि बजार देखि पश्चिम तर्फ फापरखेत मुनि दाउरा छोप्न गयका दुइजना एक्कासी खोलाको बिचमा फेसेको हुदा नेपाल अार्मि अर्थुङ्गे ब्यारेक श्री बकस गुल्मका ल्याप्टेन दिनेस जङ्ग पाण्डेको नेतृत्व मराङ जानलाई अाएको २० जनाको टोलिले खोलामाफसेका दुई जनालाई सकुसल उद्वार गरेको छ । तातोपानि कुण्डमा पनि भल पसेको कारण बाहिर कपडा फेर्ने घर भत्किएको छ भने तातोपानी बजार जोखिममा रहेको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology