Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देशभर पछिल्लो २४ घन्टामा ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घन्टामा ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७७ बुधवार • १९:१५:५२ बजे
  • 751
    SHARES
  • देशभर पछिल्लो २४ घन्टामा ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि

    देशभर पछिल्लो २४ घन्टामा ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार १ सय ५४ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा २ सय ६१ पुरुष र १ सय ८४ महिला गरी ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    मन्त्रालयकाअनुसार थपिएका ४ सय ४५ जनासहित कूल संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ । यीमध्ये ४ हजार ४ सय ३४ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

    पछिल्लो २४ घन्टामा ४ सय १४ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ५९ हजार ७ सय ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.६ प्रतिशत रहेको छ ।

    यस्तै, कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । थपिएका ५ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३७ जना पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology