Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ: सभामुख सापकोटा

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ: सभामुख सापकोटा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७७ बिहिवार • १०:३०:५३ बजे
  • 1.9K
    SHARES
  • मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ: सभामुख सापकोटा
    सभामुख अग्निप्रसाद सापकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको स्मरण गर्नुभएको छ ।

    माघे सङ्क्रान्तिका अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै उहाँले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृति हाम्रा मौलिक विशेषता भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ ।”


    तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीले आआफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व रहेको उहाँको सन्देशमा उल्लेख छ । सभामुखले थारु समुदायले माघीलाई महत्वपूर्ण चाड एवं नयाँ वर्षका रुपमा मनाउने गर्छन् भने माघे सङ्क्रान्तिलाई विभिन्न परिकार बनाएर खाने दिनका रुपमा पनि लिइने उल्लेख गर्नुभएको छ ।

    सभामुखले सन्देशमा भन्नुभएको छ, “कोभिड–१९ को महामारी कायम रहेकाले यस वर्षका अरु चाडपर्वमा जस्तै माघेसङ्क्रान्ति÷माघी पर्व पनि उच्च स्वास्थ्य सतर्कताकासाथ मनाउनु हुन सबैमा अपिल गर्दछु ।” यस पर्वले सबै नेपालीका बीचमा आपसी सद्भाव, आत्मीयतापूर्ण व्यवहार, सम्बन्ध र एकता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने सभामुखले विश्वास लिनुभएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology