Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विघटनसम्बन्धी मुद्दा: संवैधानिक इजलास कि बृहत् पूर्ण इजलासमा गर्ने भन्ने विवाद आज टुंगो आज लाग्ने

विघटनसम्बन्धी मुद्दा: संवैधानिक इजलास कि बृहत् पूर्ण इजलासमा गर्ने भन्ने विवाद आज टुंगो आज लाग्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०७७ शुक्रवार • १०:१४:४३ बजे
  • 1.6K
    SHARES
  • विघटनसम्बन्धी मुद्दा: संवैधानिक इजलास कि बृहत् पूर्ण इजलासमा गर्ने भन्ने विवाद आज टुंगो आज लाग्ने

    प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा शुक्रबार पनि सुनुवाइ हुँदैछ ।

    images

    प्रधानन्याधशि चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपाना प्रधान मल्ल, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिका इजलासमा सुनुवाइ हुनेछ ।

    प्रतिनिधिसभा विघटन विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विवाद अझै सकिएको छैन । शुक्रबार पनि यो मुद्दाको सुनुवाइ कहाँ गर्ने भन्ने क्षेत्राधिकारकै विषयमा बहस हुनेछ ।

    पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकिएको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्चमा १४ वटा रिट निवेदन परेको थियो ।

    रिट निवेदक १३ मध्ये ११ जनाले यो विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएका छन् ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दालाई संवैधानिक इजलासमा नै राख्ने वा बृहत् पूर्ण इजलासमा पठाउने विषयमा अधिवक्ताहरु र न्यायाधीशबीच सवाल जवाफ भएको छ ।

    यही पुस १० गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।

    आदेशानुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखले यही पुस १९ गते महान्याधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस भइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # सुनुवाइ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology