Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्री कप क्रिकेट आजदेखि सुरु हुँदै

प्रधानमन्त्री कप क्रिकेट आजदेखि सुरु हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०७७ शुक्रवार • १०:३१:५३ बजे
  • 2.0K
    SHARES
  • प्रधानमन्त्री कप क्रिकेट आजदेखि सुरु हुँदै
    प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा काठमाडौंमा हुन लागेको प्रतियोगिताकाु पहिलो खेलमा आज त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्नेछन् ।

    माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी कुल १० टोली आमने सामने हुनेछन् । दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।

    समूह ए मा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ, प्रदेश–१, गण्डकी प्रदेश, र कर्णाली प्रदेश रहेका छन् । समूह बी मा नेपाल पुलिस क्लब, प्रदेश–२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् । प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology