Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अत्यधिक चिसो बढेपछि एक साता विद्यालय बन्द

अत्यधिक चिसो बढेपछि एक साता विद्यालय बन्द

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७७ शनिवार • ११:१९:५२ बजे
  • 2.2K
    SHARES
  • अत्यधिक चिसो बढेपछि एक साता विद्यालय बन्द

    शीतलहरसँगै अत्यधिक चिसो बढेपछि सप्तरीको उत्तरी क्षेत्रस्थित सप्तकोसी नगरपालिकाले सबै विद्यालय एक साताका लागि बन्द गरेको छ । नगरपालिकाको बोर्ड बैठकले माघ १ देखि माघ ७ गतेसम्म नगरपालिका क्षेत्रभित्र रहेका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको बताइएको छ । नगरपालिकाभित्र ११ सार्वजनिक र १२ निजी विद्यालय छन् ।

    images

    तराई–मधेसमा विगत चार÷पाँच दिनदेखि अत्यधिक चिसो बढेका कारण बालबालिका बढी प्रभावित हुन थालेपछि स्वास्थ्य सुरक्षाको दृष्टिकोणले माघ ७ गतेसम्मका लागि यहाँका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख उत्तम गौतमले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # विद्यालय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology