Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाढीपहिरो : दुई दिनमा २६ को मृत्यु, ६० बेपत्ता

बाढीपहिरो : दुई दिनमा २६ को मृत्यु, ६० बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७७ शनिवार • ०८:४४:३८ बजे
  • 1.3K
    SHARES
  • बाढीपहिरो : दुई दिनमा २६ को मृत्यु, ६० बेपत्ता

    बाढीपहिरोले देशभर वितण्डा मच्चाएको छ । दुई दिनमा २६ जनाले ज्यान गुमाएका छन् । देशभर ६० जना बेपत्ता छन् ।७१ परिवार विस्थापित भएका छन् भने २६ जना घाइते भएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।जाजरकोट र कास्कीमा सात–सात, लमजुङ, म्याग्दी र सिन्धुपाल्चोकमा तीन–तीन, रुकुम पश्चिममा दुई र गुल्मीमा एकजनाको मृत्यु भएको छ । म्याग्दीमा ३१ र जाजरकोटमा आठजना बेपत्ता छन् ।सिन्धुपाल्चोकमा बिहीबार हराएका २१ जना पनि अझै फेला परेका छैनन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घन्टामा मात्रै बाढीपहिरोबाट दुई करोड सात लाखभन्दा बढीको धनमाल क्षति भएको छ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सारा ध्यान र सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित रहेको बताएका छन् ।शुक्रबार राति देशवासीका नाममा गरेको सम्बोधनमा प्रधानमन्त्रीले बाढी र पहिरोले पु¥याएको क्षतिको जानकारीले आफूलाई स्तब्ध र दुःखी तुल्याएको पनि बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology