मयूरपाटी - कुवेतमा कार्यरत छबिराम सुनारले आफ्नै जन्मदिनको अवसरमा नवलपुर जिल्लाको बाल हित प्राथमिक विद्यालयका करिब पचास जना बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नु भएको छ ।
रोजगारीको सिलसिलामा दशक भन्दा बढी कुवेतमा रहेर पनि सुनारले आफ्नै जन्मदिनको अबसर र स्वर्गीय आमा गिन माया सुनारको सम्झनामा बिद्यार्थीहरूलाई उक्त सहयाेग गर्नु भएको हो । जन्मदिनको अवसरमा केक काट्ने र अनावश्यक फजुल खर्च गर्ने परम्परालाई परिमार्जित गर्नका लागि उक्त सहयोग गरेको सुनारले बताउनु भएको छ ।

प्रवासमा कार्यव्यस्तताको बाबजुद पनि सुनारले साहित्यमा पनि कलम चलाउनु हुन्छ। सुनारले साहित्यिक रचनाहरु पनि प्रकाशित गर्नु भएको छ । सुनारले सामाजिक कार्यमा पनि हातेमालो गर्दै आउनु भएको छ । सुनार विश्व नेपाली साहित्य महासंघ शाखा कुवेतको सदस्य पनि हुनुहुन्छ ।