Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७७ शनिवार • १६:५४:५६ बजे
  • 967
    SHARES
  • पछिल्लो २४ घण्टामा २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि

    देशभर पछिल्लो २४ घण्टामा २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर थप २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    थपिएका २ सय ४० जनासँगै देशभर कोरोना संक्रमण हुनेहरुको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । यीमध्ये ४ हजार ५८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ४ सय ७७ जनाले कोरोना संक्रमणलाई जितेका छन् । थपिएको संख्यासँगै देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ६१ हजार ४४ जना पुगेका छन् ।

    देशभर कोरोना संक्रमणबाट थप ६ जनाको निधन भएको छ । पछिल्लो २४ घण्टामा थपिएका ६ जनासहित देशभर १ हजार ९ सय ५४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology