मयूरपाटी – म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको दोस्रो अधिवेशन आगामी १२ मार्च २०२१ मा हुने भएको छ । कुवेत स्थित फिन्तास गार्डेनमा मोना कुवेतको अध्यक्ष प्रेम बहादुर विश्वकर्माको अध्यक्षतामा हिजो शुक्रवारको दिन बसेको कार्यसमितीको मासिक बैठकले दोस्रो अधिवेशन गर्ने निर्णय गरको हो ।
कुवेतको नेपाली समाजमा मोना कुवेतको स्थापना २० जुलार्इ २०१८ मा भए पनि पहिलो अधिवेशन भने ०८ मार्च २०१९ मा भएको थियो । मोना कुवेतको कार्यसमितीको २ वर्षीय कार्यकाल (२०१९–२०२१) आगामी मार्चमा सकिदैछ । कोरोना भाइरसका कारण कुवेतमा पनि सभा सम्मेल गर्न अहिले सम्म कुवेत सरकारकाले अनुमति नदिएको हुदा यहाँको परिस्थिति अनुसार कार्यक्रम स्थलगत वा अलाइन भर्चुअल गर्ने भन्ने बिषयमा टुङ्गो लागि सकेको भने छैन । अबको आगामी फेबु्रअरी महिनाको मासिक बैठकले उक्त निर्णय टुङ्गो लगाउने बताइएको छ ।
कुवेतमा कार्यरत सम्पूर्ण म्याग्देलीहरुलाई मोना कुवेतमा गोलबद्ध गराउने उदेश्यले साधारण सदस्यता वितरण गर्न पनि शुरु गरिसको जनाइएको छ । साथै मोना कुवेतको साधारण सदस्यता लिईसकेका सदस्यहरुको सदस्यता अवधि सकिएको छ भने नविकरण गर्न पनि आग्रह गरेको छ । म्याग्दीबाट रोजगारीको सिलसिलामा कुवेत आउनु भएका सम्पूर्ण म्याग्देलीहरुलाई मोना कुवेतमा आवद्ध हुन पनि आह्वान गरेको छ ।
मोना कुवेतले म्याग्दीको विभिन्न क्षेत्रबाट रोजगारीको सिलसिलामा कुवेत आई विभिन्न तवरबाट समस्यामा परेका म्याग्देलीहरुको समस्या समाधान गर्नको लागि सहयोग गर्नुको साथै उद्धार कार्यमा पनि निकै महत्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यसैगरी प्रवासमा मात्र नभई आफ्नो गृह जिल्लाका विभिन्न क्षेत्रका विभिन्न रोगबाट ग्रसित पीडिहरुको घाउमा मलहम लगाउने उदेश्यले स्थापनाकाल देखि नै उल्लेखनीय आर्थिक सहयोग गर्दै आएको छ ।