म्याग्दी /अविरल बर्षाका कारण म्याग्दीमा ठूलो धनजनको क्षती भएको छ । शनिबार बिहान सम्म म्याग्दीमा १२ जना शव भेटीएको र बाकी २३ जना अझै वेपत्ता भएको म्याग्दीका प्रहरी नायव उपरिक्षक किरनजङ्ग कुवरले जानकारी दिनुभयो । जिल्लाको धवलागिरी गाउँपालिका ६ मराङमा एक बालक सहित ९ जनाको शब भेटीएको छ ।
मराङमा एक सुत्केरी महिला सहित ८ जनालाई तत्काल उद्धार गर्नुपर्ने देखीएको छ भने ५ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीय युवाहरुले ८ जनाको शव निकालेको र एक जना बालकको शव देखीएपनी निकाल्न नसकेको जानकारी आएको छ । प्रहरीको टोली मराङको घटना स्थल अझै पुग्न सकेको छैन । भने मालिका गाउँपालिका ७ बिममा भने केही समयमा नेपाल प्रहरी र नेपाली सेना सहितको ५० जना सुरक्षाकर्मीको टोली घटना स्थल पुगेको वेपत्ताको उद्धार खोजी कार्य सुरु गरिएको छ। वेपत्ता हुनेहरुमा धवलागिरी ६ मराङका १४ जना र मालिका गाउँपालिका ७ बिमका ९ जना रहेका छन् ।
धवलागिरी गाउँपालिका ७ ताकमका पहिरोमा परि ज्यान गुमाएका २ र रघुगंगा गाउँपालिकाको डाडाखानीमा खोलाले बगाएको एक जनाको शव शुक्रबार नै फेला परेको थियो । सम्पर्क बिहिन हुनेमा धवलागिरीका १४ जना र जमालिका–७ बिमका ८ जना रहेका छन् ।शुक्रबार बेपत्ताको उद्धारका लागि आएको नेपाली सेनाको पश्चिमी पृतना हेटक्वाटर बिजयपुर ब्यारेकबाट उपरथी गकुल भण्डारी सहित एम आई १७ को हेली आए पनी प्रतिकुल मौसमका कारण उद्धार नगरि फर्किएको थियो ।