सुन्जित तामाङ्ग/ चर्चित म्हेन्दो माया गायक आर बि लामा वाङ्देनको म्हेन्दो ज्यबा पाटोला को म्युजिक भिडीयो सार्बजानिक भएको छ ।
संक्रान्ति/ मकर संक्रान्ति /तोल ल्होसारको पावन अवसर पारी तामाङ जातिहरुको महान् पर्ब सोनाम ल्होसार २८५७ औं लङ ल्हो( गोरु बर्ग) को उपलक्ष्यमा फस्ट स्टेप ग्रुप प्रोड्क्सन Damizz Nuwakot को चौथो प्रस्तुति गायक आर बि लामा वाङ्देनको तामाङ टिपिकल म्हेन्दोमाया गीत (((म्हेन्दो ज्याबा पाटोला))) Damizz Nuwakot युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।
यस गीतमा स्वर- आर बि लामा वङ्देन/ टिकामाया चोथेनको रहेको छ भने शब्द/संगीत- आर बि लामा वाङ्देन कै रहेको छ । माया थोकर तामाङ/ नरेन लामा ब्लेन्देनलाइ मुख्य अभिनयको रुपमा देख्न सक्नु हुनेछ भने छायांकनमा सन्चु थोकर,ड्रोन- सुरज लामा गोम्जा,निर्देशन- दिल कुमार पङ्चोथेन,क्रोरियोग्राफर- बिजय थोकर तामाङ,स्टुडियो- काठमाडौं डिजिटल र श्रृङ्गार- तृष्णा थापा मगरले गर्नु भएको हो ।
सम्पादन- छवि राना मगर रहेको छ भने यस गीतमा सल्यान-कास्की, भदौरे देउराली, पामे पोखरा जस्ता ठाँउहरुमा छायांकन गरिएको छ । तामाङ म्हेन्दोमाया टिपिकल भएको कारण पोखरा जस्तो रमणीय ठाँउमा छायांकन गरिएको भएता पनि गाउँ घरकै जीवन शैली र बाताबरणलाई सिमित बनाएर छायांकन गरिएको छ ।
उक्त गीतको म्युजिक भिडियो हेर्नको लिंकमा जानुहोस ।