तस्वीर विकल्प न्यूज बाट साभार
म्याग्दी धौलागिरि गाउँपालिका ६ मराङमा गएको पहिरोमा परी घाइते भएकी सुत्केरी महिलालाई हेलिकप्टर मार्फत ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्य र जिसी ग्रुपका सञ्चालक तथा युवा व्यवसायी नारायण जिसीको पहलमा शाक्य र जिसीको निजी खर्चमा प्रभुको हेलिकप्टर मार्फत महिलालाई उद्धार गरीएको छ ।
पहिरोमा परी घाइते भएकी ६ दिनकी सुत्केरी महिलालाई उद्धार गरी बेनी अस्पतालमा उपचारका लागि ल्याइएको छ । सुत्केरी महिलाका साथै एक बच्चालाई पनि उद्धार गरिएको छ । मराङ र ताकममा गएको पहिरोमा परी ८ जना घाइते भएका छन् । घाइतेको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ । यतिखेर नेपाली सेनाको हेलिकप्टर पनि मराङ पुगेको छ ।