Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

नेकपा मंगला  र दलित मुक्ति संगठन म्याग्दीले सदस्य भिम विकको श्रद्धाञ्जली सभा सम्पन्न गर्‍यो

नेकपा मंगला  र दलित मुक्ति संगठन म्याग्दीले सदस्य भिम विकको श्रद्धाञ्जली सभा सम्पन्न गर्‍यो

बादल शाही

बादल शाही

माघ ५, २०७७ सोमवार • २३:०५:१४ बजे
  • 4.8K
    SHARES
  • नेकपा मंगला  र दलित मुक्ति संगठन म्याग्दीले सदस्य भिम विकको श्रद्धाञ्जली सभा सम्पन्न गर्‍यो

    म्याग्दी / म्याग्दी मंगला गाउँपालिका ५ साबिकको अर्मन स्थित  मृतक भीम बिकको आज श्रद्धाञ्जली  कार्यक्रम सम्पन्न भएको छ । नेकपा मंगला गाउँपालिका र दलित मुक्ति संगठन म्याग्दीको संयुक्त आयोजनामा मृतककै परिवार सहित मृतक भीमकै घरमा कार्यक्रम सम्पन्न भएको हो । मृतक भिम  नेकपा तथा दलित मुक्ति संगठनको सदस्य थिए । पौष २३ गते देखि  बेपत्ता भएका भीम बिक बाग्लुङमा रहेको एक प्राइभेट कम्पनीमा  डोजर चालक थिए ।

    images

    received_1085238031995655.jpeg

    कम्पनीमा गएर एका एक हराएका बिकको सब केही दिनपछि कालीगण्डकीको किनारमा भेटिएपछि आत्महत्या हो या  हत्या अनुसन्धानको विषय बनेको थियो । घरमा भिम बिकको कलिला छोराछोरी र श्रीमती रहेका छ्न । भिम विकले काम गर्ने कम्पनीले परिवारलाई राहत होस् भनी  २० लाख रुपैयाँ दिएको छ । भिम विकको मृत्यु हुनुमा कम्पनीको हात रहेको बुझ्न सकिन्छ ।

    received_147427417052457.jpeg

    भिम विकको परिवारलाई न्याय दिलाउन महत्त्वपूर्ण भुमिका खेल्नु भएका लालु किसान लगायत विभिन्न नेता तथा दलित समुदायको एकता प्रती कार्यक्रमका प्रमुख अतिथी नेकपा गण्डकी प्रदेश कमिटी सदस्य तथा दलित मुक्ति मोर्चाका पुर्व केन्द्रिय कार्यलय सदस्य टेक बहादुर विश्वकर्माले धन्यवाद दिए ।

    received_2186612578140308.jpeg

    श्रद्धाञ्जली कार्यक्रममा नेकपा मंगला गा.पा सचीव याम बहादुर रोका, नेकपा जिल्ला सचिवालय सदस्य चन्द्र प्रसाद बुढाथोकी, नेकपा मंगला गाउँपालिका सदस्य रत्न बिक अर्मनका दलित सन्जालका अध्यक्ष बेल बहादुर बिक र दलित सन्जाल अर्मनका  सचीव जित बहादुर किसानले पनि आफ्ना मन्तव्य राखेका थिए ।

    received_127166875897445.jpeg

    दलित मुक्ति मोर्चा जिल्ला पुर्व संयोजक पदम किसानको अध्यक्षतामा सप्पन्न उक्त कार्यक्रमको संचालन  दलित मुक्ति मोर्चाका पुर्व जिल्ला सदस्य उमेश बिश्वकर्माले गरेका थिए ।

    बादल शाही

    बादल शाही मयूरपाटी डिजिटल पत्रिकाकाे सम्बाददाता हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology