सिता सानु
नवराज बिक लगायत पाँच जना युवाहरूलाई मारेर भेरि नदिमा बगाइएका सपनाहरु र उहाहरुको ज्यानको मुल्य एक लाख तोकिएछ । के मान्छेको मूल्य एक लाख हो ? मानिसमात्र त्यस्तो प्राणी हो जसको कुनै मुल्य हुदैन। यो अमुल्य प्राणी अन्तर्गत पर्दछ । अपराधिलाई कानुनको कठघरामा ल्याएर कडा भन्दा कडा सजाय दिनुको सट्टा उल्टै पिडित पक्षलाई एक एक लाख दिने घोषणाले अपराधी बचाउने प्रपन्च रचिएको हुन सक्छ । यदि यस्तै हो भने, मेरो प्रश्न ती राजनीतिको कुर्सीमा बस्ने पदाधिकारीहरुलाई; जसले मृतक नवराज बिक लगायत पाच जना युवाहरुको मुल्य तोक्ने काम गर्नु भएको छ ।
आफ्नो कुर्सी र पद जोगाउन प्रयासरत जो कोहि नेताको निर्णय पीडित परिवार लगायत नारा जुलुस लिएर रातदिन सडकमा लडिरहने हामी कसैलाई मान्य हुने छैन । पीडित परिवारलाई आफ्नो छोराहरुको ज्यानको मूल्य होइन न्याय चाहिएको छ । दलित समुदायलाई जातियतालाई आधार बनाएर हत्या गर्ने अपराधीहरुलाई जन्मकैदको सजाय चाहिएको छ । के यो गर्न सरकार तयार छ ? छैन भने कुनै दिन राज्यले यसको ठुलो मूल्य चुकाउनु पर्ने छ । नवराज बिक र उनका पाच जना साथीहरुलाई सोती गाउँ नै मिलेर मारेको पुष्टि हुदाहुदै कोहि अपराधी धरौटीमा, कोहि अपराधी जेल चलान र कोहि अपराधी किन फरार छन ? अपराधराधिक कार्यको बचाउको लागि राजनीतिको कुटनैतिक खेल भएको स्पष्ट देख्न सकिन्छ।
नेता ज्युहरु, तपाईहरुलाई यो स्पस्ट गराउन चाहान्छु कि यहाँ ज्यानको बदलामा पुरस्कारको नाममा पैसाले दिएर घटनालाई किन्न खोजिएको । लासको मूल्य होइन न्यायको मुल्य हामिलाई चाहिएको छ । बिधिको शासन स्थापित गर्न नेपाली जनतालाई न्याय चाहिएको छ भने सोति घटनाका हामी पीडित पक्षलाई निष्पक्ष कानुनी न्याय चाहिएको छ । अपराधीलाई जन्म कैदको सजाय । यो कुरा बुझिराख्नु होला।। ६/६ जना युवाहरुको सपनालाई कुल्चेर पश्चिम रुकुम चौरजहारी सोति गाउका बासिन्दाले मरासम्य पारेर मारेर भेरी नदिमा फालिन्छ । ६/६ जना आमाको कोख रित्तो बनाइन्छ । ती आमाहरुको कोख पैसाले भर्ने कोशिस गर्नु बिधिको शासनको उपहास गर्नु हो । यस्तो हर्कत गर्ने जो सुकै जनताको अदालतबाट भाग्न सक्ने छैनन । सक्नु हुन्छ भने त्यो पैसाले अपराधीको मुल्य तोक्नुहोस ताकी त्यही मुल्यले अपराधीलाई फाँसीको सजाय किन्न सकियोस। नेता ज्युहरु आफ्नो कुर्सी र राजनिती खेल मरिसकेको लास माथी खेल्न बन्द गर्नुहोस् । अब अति भएको छ ? ती आमा को भावना र आँसु लाई कदर गर्नुहोस् र न्याय को पर्खाइमा कुरेर बसेका आँखाहरुलाई नियाल्ने कोशिस गरियोस ।
मृतकको परिवारले आफ्नो सन्तान गुमाउनुको पिडा त छदै थियो तर सरकारले उहाँहरुको पीडा माथी न्याय दिलाउनु त कता हो कता पुरस्कारको नाम दिएर पिडा लाई पैसामा किन्न खोजिएको देखिदैछ। कति दुख लाग्छ हाम्रो देशको सरकार देखेर । आफ्नो कुर्सी र सत्ता जोगाउनलाई पीडित परिवारको घाउलाई मलमको साटो पैसाले पुरिदैछ। ६/६ जना युवाहरुको नरसंहारलाई पैसाले तौलिन नखोजिओस ।
जबसम्म नवराज बिक लगायत पाच जना साथीहरुको नरसंहार गर्ने अपराधीहरुलाई जन्म कैदको कारबाही हुदैन तबसम्म नवराज बिक र पाच जना साथीहरुको न्यायको लागि ठाउँ ठाउँ र टोल टोलबाट आन्दोलनको बुलन्द आवाजहरु घन्किरहने छन। नवराज बिक र पाच जना साथीहरुको न्यायको लागि हामी सशक्त आवाज उठाइरहने छौ र आन्दोलनमा उत्रिरहने छौ,देशमा आन्दोलन चर्किरहने छ ।