Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लागुऔषध खैरोहिरोईन सहित ८ जना पक्राउ

लागुऔषध खैरोहिरोईन सहित ८ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ६, २०७७ मंगलवार • १२:५०:२९ बजे
  • 1.4K
    SHARES
  • लागुऔषध खैरोहिरोईन सहित ८ जना पक्राउ

    झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरोहिरोईन र लागुऔषध ट्याब्लेट सहित ८ जना पक्राउ परेका छन । मोरङ रतुवामाई नगरपालिका -४ आमबारी स्थितबाट हिजो अपरान्ह साढे ४ बजे दुई जना खैरोहिरोईन सहित पक्राउ परेका छन् ।
    पक्राउ पर्नेमा रतुवामाई-२ झुर्कियाका  ४२ बर्षीय मोहम्मद रफिक  मिया र भारत अररिया जिल्ला कुचहा धाताका २२ बर्षीय मोहम्मद नवाब आलम रहेका छन । भारतिय नम्बर प्लेट BR37U 5823 नम्बरमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिई उनिहरु उपर चेकजाँच गर्दा १२६ ग्राम १४ मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसै गरी झापाको मेचीनगर नगरपालिका-६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।
    सोमवार बेलुका ६ बजे धरान उप-महानगरपालिका-१७ का २४ बर्षीय ईश्वर थापा र पाँचथरको हिलिहाङ गाउँपालिका-२ का २८ बर्षीय अरुण सुब्बालाई ५० ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ।

    images

    यस्तै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-३ का २० बर्षीय समिर तामाङ र २२ बर्षीय नविन लिम्बुलाई १ ग्राम ६०० मिलिग्राम ब्राउनसुगर सहित सोमवार  अपरान्ह ५ बजे बेलडागीबाट पक्राउ गरेको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुद्धाशान्ति गाउँपालिका-४ का २२ बर्षीय प्रवेश माझीलाई ६ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ।


    बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सोमवार दिउँसो माझिलाई किरात चोकबाट पक्राउ गरेको हो । यस्तै ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-५ का १५ बर्षीय रमेश राजवंशीलाई लागुऔषध लुपिजेसिक ३० सिसि, डाईजोपिन  ३० सिसि र प्रोमोथाईजिन ३० सिसि गरि जम्मा ९० सिसि सहित मेचीनगर नगरपालिका-६ बाट पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका आठै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology