Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देशभर पछिल्लो २४ घन्टामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घन्टामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ६, २०७७ मंगलवार • १७:०८:३४ बजे
  • 913
    SHARES
  • देशभर पछिल्लो २४ घन्टामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि

    देशभर पछिल्लो २४ घन्टामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ९ सय ५६ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा २ सय १९ पुरुष र १ सय २९ महिला गरी ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    मन्त्रालयकाअनुसार थपिएका ३ सय ४८ जनासहित कूल संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ । यीमध्ये ३ हजार ७ सय ६४ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

    पछिल्लो २४ घन्टामा ४ सय ४१ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ६२ हजार २ सय ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।

    यस्तै, कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । थपिएका ४ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६९ जना पुगेको छ ।

    अहिलेसम्म देशभर २० लाख २१ हजार ७ सय १४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology