Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने न्यूज २४ बाट विदा भए

चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने न्यूज २४ बाट विदा भए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ७, २०७७ बुधवार • २३:००:३१ बजे
  • 1.7K
    SHARES
  • चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने  न्यूज २४ बाट विदा भए

    चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्यूज २४ टेलिभिजन छाडेका छन् । फेसबुकमार्फत लामिछानेले भोलिबाट न्यूज २४ बाट विश्राम लिएको जानकारी गराएका छन् ।

    images

    कार्यक्रम ‘सिधा कुरा जनतासँग’मार्फत जनजनको मनमा बस्न सफल प्रस्तोता लामिछाने निकट भविष्यमा प्रसारण हुने अर्को टेलिभिजनमार्फत अगाडि आउने स्रोतले बताएको छ । भोलि प्रसारण हुने कार्यक्रमसँगै न्यूज २४ टेलिभिजनसँगको सुखद सहयात्राबाट विश्राम लिएको भन्दै उनले सबैलाई धन्यवाद दिएका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘भोलि प्रशारण हुने कार्यक्रमसँगै न्यूज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ । यो साथ, सहयोग र अवसरका लागि सम्पुर्ण न्यूज २४ परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेलरनिता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology