एयर इन्डियाकाे जहाजबाट बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको छ । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप बिहीबार काठमाडौं आइपुगेको हो ।
सरकारले सुरूमा यो खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाउने जनाएकाे छ ।
भारतमा अहिले कोरोनाविरुद्धको दुई वटा खोप उत्पाद भइरहेको छ । अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्टिच्युटले उत्पादन गरिरहेको छ भने भारत बायोटेकको अर्को खोप भारतमै बनेको हो ।