Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँका दुबै मृगौला पीडित नारान सिं खवासद्वारा आर्थिक सहयोगको अपिल

तनहुँका दुबै मृगौला पीडित नारान सिं खवासद्वारा आर्थिक सहयोगको अपिल

चन्द्र गाेतामे

चन्द्र गाेतामे

माघ ८, २०७७ बिहिवार • १६:११:०० बजे
  • 4.6K
    SHARES
  • तनहुँका दुबै मृगौला पीडित नारान सिं खवासद्वारा आर्थिक सहयोगको अपिल

    मयूरपाटी – तनहुँ जिल्ला म्याग्दे गाउँपालिका ६, रामकोट स्थायी घर भई हाल कास्की जिल्ला रुपा गाउँपालिका वडा नं ७ भोर्लेटार बस्दै आउनु भएका दुबै मृगौला पीडित नारन सिं खवासद्वारा जीवन रक्षाका लागि आर्थिक सहयोगको अपिल गर्नु भएको छ ।

    images

    दुबै मृगौलाले काम नगरे पछि लामो समय देखि उहाँले पोखरा स्थित गण्डकी मेडिकल कलेजमा डायलासिस गर्दै आउनु भएको छ । उहाँको उपचारमा संलग्न डाक्टरका अनुसार छिटो भन्दा छिटो दुबै मृगोला प्रत्यारोपण गर्नु पर्ने भएकोले आर्थिकको समस्याले गर्दा देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरु समक्ष जीवन रक्षाका लागि आर्थिक सहयोगको अपिल गर्नु भएको हो ।

    घरको आर्थिक अवस्था पनि न्यून भएकोले घरमा भएको केहि आर्थिक रकम पनि उपचार गर्दै गर्दा सकिसकेकोले अब दुबै मृगोला प्रत्यारोपण गर्नको लागि धेरै रकम लाग्ने भएकोले घरमा भएको जायजेथा समेतले अपुग हुने भएपछि सहयोगको अपिल गरिएको पूर्ण सेन्चुरीले बताउनु भएको छ ।

    यदी तपाईहरु पनि उहाँको दुबै मृगोला प्रत्यारोपणको लागि आर्थिक सहयोग गर्न चाहानु हुन्छ, भने निम्न बैंक खातामा रकम जम्मा गर्न सक्नु हुनेछ ।

    Bank Account: 584-027302-01-010

    Bank: IBK

    Name: Bhakta Rana

    Mobile: 01084365395

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology