Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देशभर पछिल्लो २४ घन्टामा ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घन्टामा ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ८, २०७७ बिहिवार • १६:२९:४७ बजे
  • 1.0K
    SHARES
  • देशभर पछिल्लो २४ घन्टामा ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घन्टामा ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५ हजार ३० जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा २ सय १४ पुरुष र १ सय २२ महिला गरी ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    मन्त्रालयकाअनुसार थपिएका ३ सय ३६ जनासहित कुल संक्रमितको संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ । यीमध्ये ३ हजार ७ सय ९९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

    काठमाडौं उपत्यकामा मात्र १ सय ९८ जना संक्रमित थपिएका छन् । यीमध्ये काठमाडौंमा १ सय ४६, ललितपुरमा ३६ र भक्तपुरमा १६ जना रहेका छन् ।

    पछिल्लो २४ घन्टामा २ सय २६ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ६२ हजार ८ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।

    यस्तै, कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । थपिएका ४ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ७९ जना पुगेको छ । अहिलेसम्म देशभर २० लाख ५१ हजार ७ सय ५६ जनाको पिसिआर परीक्षण गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology