Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

"बिरोधका लागि मात्र बिरोध किन" ? 

"बिरोधका लागि मात्र बिरोध किन" ? 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ८, २०७७ बिहिवार • १९:२१:४६ बजे
  • 3.1K
    SHARES
  • "बिरोधका लागि मात्र बिरोध किन" ? 

    रामचन्द्र तिम्सिना 
      (आवाज)

    images

    बिरोध गर्न जति सजिलो समर्थन गर्न हुँदैन ।
    समर्थनमा जति औचित्यता र सान्दर्भिकता प्रस्ट्याउनु पर्ने बाध्यता हुन्छ बिरोधमा त्यस्तो हुँदैन ।
    त्यसैले त नेपालमा हिजोआज बिरोध सभा र बिरोध र्याली धेरै फस्टाउने गर्दैछ। 

    जिन्दावाद र मुर्दावाद एक सामान्य प्रक्रिया नै भएपनी।बिरोध सभा र र्यालिमा  जनसमर्थन धेरै उर्लिने गर्छ किनकी सबैलाई राम्रोसंग थाहा छ बिरोध गर्न सजिलो हुन्छ।
    चित्त सबैको बुझाउन कहाँ सक्छन् र साथी ?
    त्यसैले त हिजो जिन्दावाद भन्नेहरुले पनि आज मुर्दावाद भन्छन् । 

    बिरोधका लागि कुनै निर्दिष्ट  नियम र बन्देज हुँदैन।
    जस्तै उदाहरणका लागि "भ्रस्टाचारको विरुद्धमा कांग्रेस सडकमा आउनु"...के कांग्रेसको पालामा भ्रष्टाचार भएकै थिएन वा भ्रष्टाचार गर्ने ब्यक्ति नै छैनन् ?
    यो प्रश्नको उत्तर त्यो बिरोध सभामा मुर्दावाद भन्नेहरुले दिन सक्दैनन् किन थाहा छ ?
    किनकि उनिहरुलाई बिरोधका लागि मात्र  ल्याईएका हुन।
    अर्को उदाहरण ---
    "प्रतिगमनका विरुद्ध सडक संघर्ष"---
    नेकपा कै एक क्रान्तिकारी समुह संसद विघटनको विरुद्धमा छन् ।
    के नेकपाको साम्यवादी लक्ष्यमा संसदवादमा जानुपर्छ भन्ने लेखिएको छ र ?
    जवाफ कसैले दिदैनन किनकि उनिहरुलाई त्यहाँ बिरोधका लागि मात्र पढाईएको हुन्छ।
    अर्को उदाहरण ---
    "देउवा कांग्रेस पनि प्रतिगमनका विरुद्धमा"
    बिर्सनु भएछ उहाँहरुले तर मैले बिर्सेको छैन २०५८ मंसिर ११ गते संकटकालमा लालमोहोर लगाएको होईन र ?
    जवाफ छैन यहाँ 
    किनकी आफू सहि अरु गलत छन। 

    भ्रम तोडियोस प्रतिगमन सहि थियो भन्न खोजिएको होईन।
    आज बिरोध गर्नेहरु हिजो सत्तासीन हुँदा राम्रा गरेका थिए र ?
    त्यसको पनि व्याख्या होस।
    हिजो जनजिविकाको सवालमा उल्लेख्य प्रगती गरेको थियो र ?
    त्यसको पनि लेखाजोखा होस।
    भ्रष्टाचार ,अनियमितता, ढिलासुस्ती, हत्याहिंसा र अपराध रोकिएको थियो र ?
    त्यसको पनि चर्चा होस। 

    ओलि फालेर प्रचण्ड आउँदैमा
    प्रचण्ड फालेर देउवा आउँदैमा कायापलट हुने होर ?
    जवाफ दिईयोस।
    उस्तै प्रवृत्तिका ब्यक्ती फालेर ब्यक्ती आउनका लागि  बिरोध किन ?
    व्यवस्था फेरिन लागेको होर ?
    होईन भने बिरोधका लागि मात्र बिरोध किन ? 

     

  • सम्बन्धित विषय:

  • # विचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology