Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लागुऔषधसहित प्रहरीले सिरहाको गोलबजारबाट दुई जनालाई पक्राउ

लागुऔषधसहित प्रहरीले सिरहाको गोलबजारबाट दुई जनालाई पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ९, २०७७ शुक्रवार • १०:३८:२९ बजे
  • 1.3K
    SHARES
  • लागुऔषधसहित प्रहरीले सिरहाको गोलबजारबाट दुई जनालाई पक्राउ

    प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको गोलबजारबाट दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको टोलीले बिहीबार साँझ प्रतिबन्धित लागुऔषधसहित गोलबजार नगरपालिका–२ निवासी २२ वर्षीय राकेश कुमार साह र मिर्चैया नगरपालिका–८ निवासी २७ वर्षीय अनिल शर्मालाई पक्राउ गरेको हो ।

    images

    लागुऔषध बिक्री वितरणका लागि गोलबजारबाट लहानतर्फ आउँदै गर्दा गोप्य सूचनाका आधारमा स७प ५७१२ नम्बरको पल्सर मोटरसाइकल र स१०प ५५२२ नम्बरको मोटरसाइकलमा जाँच गर्दा लागुऔषध बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए ।

    पक्राउ परेकाहरुको साथबाट डिलक्स डिसी ३४ बोतल, डाइजोपाम इन्जेक्सन ४५ एम्पुल, नोफिन इन्जेक्सन ४५ थान, फेनारगन ४५ थान, स्पासप्रोक्सन ४८ थान, नाइट्रोभेट ट्याब्लेट एक हजार ४९७ थान लागुऔषध बरामद भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

  • सम्बन्धित विषय:

  • # लागु औषध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology