Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ९, २०७७ शुक्रवार • २२:२८:११ बजे
  • 1.4K
    SHARES
  • प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

    काठमाडौमा प्रहरीमाथि नै हातपात गर्ने यौनिक तथा अल्पसङ्ख्याक समुदायका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहारमा आज म्याद थप गरी अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रदीपकुमार श्रेष्ठले जानकारी दिए ।

    images

    प्रहरी बरिष्ठ उपरीक्षक श्रेष्ठका अनुसार सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा उनीहरुलाई सोधपुछका लागि ल्याइएकोमा प्रहरी टोलीमाथि नै हातपात गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरुले कार्यस्थलमा खटिएका प्रहरी टोलीलाई हातपात गरेका र टेवलका सिसा फुटाएका थिए । त्यसपछि फुटेको सिसा हातमा बोकेर प्रहरीलाई र आफैँसमेतलाई हानेर चोट पु-याएको महानगरीय प्रहरी कार्यालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

    उनीहरुले प्रहरी प्रभागमा तोडफोड गर्नुका साथै ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट टोली गएको थियो । वृत्तमा ल्याइएपछि अवाञ्छित गतिविधि गर्ने अन्य थप तीन जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology