Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली सेनाद्वारा बनेपामा विप्लव समूहले राखेको बम डिस्पोज

नेपाली सेनाद्वारा बनेपामा विप्लव समूहले राखेको बम डिस्पोज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १०, २०७७ शनिवार • ०९:५८:५८ बजे
  • 2.0K
    SHARES
  • नेपाली सेनाद्वारा बनेपामा विप्लव समूहले राखेको बम डिस्पोज

    काभ्रेपलाञ्चोकको बनेपामा विप्लव समूहले राखेको बम डिस्पोज गरिएको छ । बनेपाको बुडोलस्थित सडकमा राखिएको प्रेसर कुकर बम डिस्पोज गरिएको प्रहरीले जनाएको छ ।

    images

    उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले फेला पारी डिस्पोज गरेको हो । प्रहरीले बिहान ३ बजेदेखि अरनिको राजमार्ग पूर्णरुपमा ठप्प पारेर बम खोज्ने कार्य सुरु गरेको थियो ।

    बिहान ३ बजेदेखि ठप्प रहेको राजमार्ग बम डिस्पोज भएपछि पुनः सञ्चालनमा आएको प्रहरीले जानकारी दिए ।

    अन्य स्थानमा पनि बम राखिएको हुनसक्ने तर बाक्लो हुस्सु लागेको कारण खोज्न कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ ।

    विप्लव समूहले आाफ्ना केन्द्रीय समिति सचिवालयका कञ्चनलाई पक्राउ गरेको विरोधमा आज नेपाल बन्दको घोषणा आह्वान गरेको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology