Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दुबै मृगौला पीडित टोलमायाको भारतको अस्पतालमा उपचारको लागि आर्थिक अभाव

दुबै मृगौला पीडित टोलमायाको भारतको अस्पतालमा उपचारको लागि आर्थिक अभाव

चन्द्र गाेतामे

चन्द्र गाेतामे

माघ १०, २०७७ शनिवार • १३:१४:३२ बजे
  • 5.3K
    SHARES
  • दुबै मृगौला पीडित टोलमायाको भारतको अस्पतालमा उपचारको लागि आर्थिक अभाव

    मयूरपाटी – बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा न. ९, घट्टेचौर निवासी कुल बहादुर बि.क को छोरी वर्ष १७ की टोलमाया बि.क को दुबै मृगौला खराब भई किड्नी हस्पिटल एण्ड लाइफलाइन मेडिकल इन्स्टिच्युसन, जलन्धर, पञ्जाव (भारत) मा जीवन र मरणको दोसाँधमा छट्पटाई रहेकी छिन् । आर्थिक अभावका कारण उपचारमा थप समस्या भएको छ । उनको उपचारको लागि आर्थिक सहयोगको अपिल गरिएको छ ।

    images

    गत साल माघ महिनामा दुबै मृगौलाले काम गर्न छाडे पश्चात् काठमाडौं स्थित मनमोहन अस्पताल र वीर अस्पतालमा चार पटक सम्म उपचार गराउदा पनि स्वास्थ्य अवस्थामा सुधार नभए पछि आफन्तको सहायतामा किड्नी हस्पिटल एण्ड लाइफलाइन मेडिकल इन्स्टिच्युसन, जलन्धर, पञ्जाव (भारत) मा उपचारको लागि लगिएको छ । आर्थिक अभावका कारण उपचार समेत रोकिएको बाबा कुल बहादुरले बताउनु भएको छ । कुल बहादुर रोजगारीको सिलसिलामा साढे दुई वर्ष पहिले कुवेत जानु भएको छ ।

    कुल बहादुरका अनुसार “घरको आर्थिक अवस्था पनि निकै कमजोर भएकोले घर परिवार पाल्नको लागि रोजगारीको सिलसिलामा साढे दुई वर्ष पहिले कुवेत आएको हो । यहाँ सामान्य कामदारको रुपमा काम गर्छु । सामान्य काम गर्दा यहाँ कमाई पनि धेरै छैन । मेरो कमाईले घर परिवार पाल्न समेत समस्या परेको बेला मलाई अचानक यति ठुलो बज्रपात परेको छ । म यहाँ धेरै अत्तालिएको छु । मेरो सामान्य कमाइले कसरी मैले  छोरीको उपचार गराउन सक्छु होला र ? डाक्टरले भन्नु भएको छ, दुबै मृगौला प्रत्यारोपण गर्नु पर्छ रे ! दुबै मृगौला प्रत्यारोपण गर्नको लागि त लाखौं रुपैयाँ चाहिन्छ । मेरो कमाइले छारीको लागि औषधी उपचार गर्न पनि कठिन परेको छ । कोरोना भाइरसले गर्दा केही समय काम पनि चलेन, कमाइ पनि भएन, त्यो समयमा पनि निकै समस्या परेको थियो । मेरो छोरीको जीवन रक्षाको लागि देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुबाट सक्दो आर्थिक सहयोगको अपेक्षा गर्दछु”।

    यदी तपाईहरु पनि दुबै मृगौला पीडित टोलमायाको जीवन रक्षाको लागि आर्थिक सहयोग गर्न चाहानु हुन्छ भने सिधै निम्न सम्पर्क नम्बर र उनकी आमा रिनदेवी बि.क काे नाममा प्रभु बैंक लिमिटेड शाखा कार्यालय बुर्टिवाङमा रकम पठाउन सक्नुहुनेछ ।

    खातावालाको नाम: रिनदेवी बि.क

    खाता न.: 0370150775500019

    सम्पर्क नम्बर: 9867520892, 9860867668, 9860359024, 9869431378

    कुल बहादुर बि. क (कुवेत) +96565776342 

    2.jpg

     

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology