Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुतिरहेका मोतीलाललाई चिरपटले निधारमा हानेर विभत्स हत्या,तीन जना पक्राउ

सुतिरहेका मोतीलाललाई चिरपटले निधारमा हानेर विभत्स हत्या,तीन जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १०, २०७७ शनिवार • १४:५७:५४ बजे
  • 1.7K
    SHARES
  • सुतिरहेका मोतीलाललाई चिरपटले निधारमा हानेर विभत्स हत्या,तीन जना पक्राउ

    दाङको राप्ती गाँउपालिकाका ४० वर्षे मोतीराम चौधरीलाई तीन जना मिलेर चिरपटले निधारमा हानेर लखेटी लखेटी विभत्स हत्या गरी नहरमा फालेका छन् ।
    घरबाट लखेटेर मरे पछि मोतीलाललाई घिसार्दै अलि पर नहरमा फालिएको अवस्थामा मोतीलालको शब फेला परेको प्रहरीले बताएको छ ।
    घटना बुधबार राति भएको र प्रहरीलाई खबर आउनासाथ घटनाको अनुसन्धान गर्ने क्रममा आरोपी तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीले सार्वजनिक गरेको छ ।
    पक्राउ पर्नेमा दाङ राप्ती गाउपालिका वडा नं ६ बस्ने बर्ष ४८ को मनिराम चौधरी उनका भतिजाहरु बर्ष ३८ को धन बहादुर चौधरी र बर्ष ३३ को मोतिलाल चौधरी रहेका छन् । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
    उनीहरुले आफूहरुले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । पुरानो रिसिईविका कारण हत्या भएको पाईएको प्रहरीले जनाएको छ । तस्बिर सौजन्यः जिल्ला प्रहरी कार्यालय दाङ

    images

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology