Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल आएको कोभिड-१९ विरुद्दको खोप “कोभिसिल्ड भ्याक्सिन” यस्ता समस्या हुनेहरुले लगाउन हुँदैन !

नेपाल आएको कोभिड-१९ विरुद्दको खोप “कोभिसिल्ड भ्याक्सिन” यस्ता समस्या हुनेहरुले लगाउन हुँदैन !

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ११, २०७७ आइतवार • ११:४९:०३ बजे
  • 1.8K
    SHARES
  • नेपाल आएको कोभिड-१९ विरुद्दको खोप “कोभिसिल्ड भ्याक्सिन” यस्ता समस्या हुनेहरुले लगाउन हुँदैन !

    कोभिड-१९ विरुद्दको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले एलर्जीको समस्या भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा गर्भवती, ज्वरो आएका तथा रगत पातलो बनाउने औषधि सेवन गरिरहेका व्यक्तिलाई खोप नलगाउन सुझाव दिएको छ। नेपालमा पनि आज पहिलो चरणमा कोभिसिल्ड खोप आएको छ। भारत सरकारले अनुदान सहयोगस्वरुप नेपाललाई १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएको हो।

    images

    सिरम इन्स्टिच्यूटल खोप उत्पादनमा प्रयाग गरिएको कुनै पनि घटकको गम्भीर एलर्जी छ भने खोप नगाउन भनेको हो। सिरम इन्स्टिच्युटद्वारा जारी फ्याक्ट सीटमा कोभिसिल्डको पहिलो डोज लगाएपछि कुनै गम्भीर एलर्जी वा अन्य स्वास्थ्य समस्या देखिए ती व्यक्तिलाई दोस्रो डोज नलिन समेत सुचित गराएको छ।

    कम्पनीको वेवसाइटमा जारी फ्याक्ट सीटमा,‘यदि तपाईलाई कुनै किसिमको औषधि, खाद्य पदार्थ, कुनै खोप वा कोभिसिल्डमा समावेश गरिएका सामग्रीबाट गम्भीर एलर्जी भएको छ। ज्वरो, रगतसम्बन्धि रोग, रगत पातलो बनाउने औषधि सेवन गरिरहको भए वा रोग प्रतिरक्षा शक्ति कमजोर भएको वा औषधि दिइरहनुभएको छ भने खोप नगाउनुहोला।’

    साथै, गर्भधारणको योजना बनाइरहेका, गर्भवती र स्तनपान गराइरहेका महिलालाई खोप नलगाउन सुझाव दिइएको छ। कोभिड-१९ अन्य खोप लगाइरहेका व्यक्तिलाई पनि कोभिसिल्ड नलगाउन सीरम इन्स्टिच्युटले अनुरोध गरेको छ। खोप लगाउनुअघि आफ्नो स्वास्थ्यस्थितिबारे चिकित्सकसँग सल्लाह लिन सुझाब दिइएको छ। यसअघि, कोभ्याक्सिन खोपको निर्माता कम्पनी भारत बायोटेकले कसले खोप नलगाउने भन्ने बारे यस्तो खालको सूचना जारी गरेको थियो।

    -स्वास्थ्यखबरबाट

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology