Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

सालैजो गीत 'गुराँसै फुल्यो' भिडियो सहित सार्वजनिक

सालैजो गीत 'गुराँसै फुल्यो' भिडियो सहित सार्वजनिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०७७ आइतवार • १४:४४:५९ बजे
  • 3.4K
    SHARES
  • सालैजो गीत 'गुराँसै फुल्यो' भिडियो सहित सार्वजनिक

    म्याग्देली गायक छवीलाल रोका र गायिका शुशिला बिश्वकर्माको स्वरमा रहेको नयाँ सालैजो गीत 'गुराँसै फुल्यो गम्फाको भिरैमा' म्युजिक भिडियो सहित  सार्वजनिक भएको छ ।

    images

    गीतमा रिमबाबु मगर र गायक छ्वीलाल रोकाको शब्द रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा पविता पुन मगर, सुजन मगर लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । राहुल थापा मगरको निर्देशनमा तयार भएको म्युजिक भिडियोको छायांकन भने सन्तोष मगरले गरेका छन ।

    याम सारु मगरको लयमा म्याग्दीको विभिन्न ठाउँ सहित माया पिरतीको भाव झल्किएको गीतको संगीत रोशन गुरुङले गरेका छन् भने सम्पादन छवी राना मगरले गरेका हुन् ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology