Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना खोप माघ १४ गतेदेखि शुरू गरिने

कोरोना खोप माघ १४ गतेदेखि शुरू गरिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०७७ आइतवार • १९:०८:४६ बजे
  • 1.9K
    SHARES
  • कोरोना खोप माघ १४ गतेदेखि शुरू गरिने

    नेपालमा कोभिड – १९ विरुद्धको खोप माघ १४ गतेदेखि दिने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    प्रथम चरणको खोप अभियानको विषयमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले काेभिड १९ विरुद्धकाे खोप लगाउन सम्बद्ध पक्षलाई अपिल गरेका छन् । भारत सरकारले हालै दिएको ‘कोभिसिल्ड’ तीनपटकसम्म सफलतापूर्वक परीक्षण भएकाले निर्धकतापूर्वक खोप लगाउन उनले अपिल गरेका छन् ।

    images


    सातवटै प्रदेशका ६२ वटा अस्पताल र एकसय २० वटा खाेप केन्द्रबाट खाेप लगाउन शुरू गरिने र साे अभियानकाे माघ १४ गते प्रधानमन्त्री केपी शर्माले शुभारम्भ गर्ने उनले जानकारी दिए। माघ १८ गतेभित्र देशका तीनसयवटा खाेप केन्द्रबाट खाेप दिइनेछ ।दश दिनसम्म चल्ने यस अभियानमा चारलाख ३० हजार व्यक्तिलाई खोप दिने तयारी रहको छ

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # कोरोना खोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology