Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण

ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७७ सोमवार • ०९:५४:३१ बजे
  • 2.0K
    SHARES
  • ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण

    कैलालीको जोशीपुर गाउँपालिका–३ ले ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा कम्बल वितरण गरेको छ । वडाभित्र रहेका ६५ ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा र कम्बल वितरण गरिएको हो ।

    images

    न्यानो कपडा पाउँदा ज्येष्ठ नागरिक र एकल महिला खुसी भएका छन् । ८२ वर्षीय रामराजा चौधरीले चिसो बढेका बेला वडा कार्यालयले सम्झेको बताए । “ज्येष्ठ नागरिकलाई सम्झने सरकार पाएका छौँ, गत वर्ष पनि कम्बल पाएका थियौँ, यसले जाडो छेक्न सघाउँछ”, उनले भने, “परिवार, समाज, सन्तानको माया नपाएर दिक्क भएका हामी जस्ता बूढापाकाहरुलाई यहाँ भेला गरेर सम्मान गर्नु नै ठूलो ठानेका छौँ ।”

    गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले गाउँपालिकाले विभिन्न वडामा विपन्नलाई राहत हुने खालका कार्यक्रम गर्दै आएको बताए । “हामीले सक्दो राहत दिन यस्ता सानासाना कार्यक्रम गर्ने गरेका छौँ”, अध्यक्ष चौधरी भन्छन, “सहयोग सानो भए पनि यहाँ ज्येष्ठ नागरिक र एकल महिलाको भावना र पीडा समेटिएको छ ।”

    वडा कार्यालयले हरेक वर्ष ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप न्यानो कपडा वितरण गर्दै आइरहेको छ । ज्येष्ठ नागरिकलाई सम्मान पनि होस् र उनीहरुलाई जाडोबाट पनि बच्न सजिलो होस् भनि कम्बल वितरण गरिएको वडाध्यक्ष किशोर कठरियाले जानकारी दिए । “ज्येष्ठ नागरिकलाई बढी जाडो हुन्छ, अनि एकल महिलालाई आर्थिक समस्या हुन्छ, थोरै भए पनि राहत दिउँ भनेर कम्बल दिएका हौँ”, वडाध्यक्ष कठरियाले भने, “यो कार्यक्रम आउँदा वर्ष पनि निरन्तर हुनेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology