Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोबाइल चोरेको आरोपमा श्रीमतीको हत्या,जलाउँदै गरेको शवसहित १ महिला र १ पुरुषलाई पक्राउ

मोबाइल चोरेको आरोपमा श्रीमतीको हत्या,जलाउँदै गरेको शवसहित १ महिला र १ पुरुषलाई पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७७ सोमवार • १५:५५:३७ बजे
  • 1.6K
    SHARES
  • मोबाइल चोरेको आरोपमा श्रीमतीको हत्या,जलाउँदै गरेको शवसहित  १ महिला र १ पुरुषलाई पक्राउ

    हत्या गरेर जलाउँदै गरेको शवसहित प्रहरीले १ महिला र १ पुरुषलाई पक्राउ गरेको छ । पशुपतिनाथ मन्दिर परिसरबाट महानगरीय प्रहरी वृत्त गौशालाले २ जनालाई पक्राउ गरेको हो ।

    images

    आफ्नै श्रीमतीमाथि कुटपिट गरी हत्या गरेर शव जलाउँदै गरेका बारा श्रीपुरका ३८ वर्षीय रवि चौधरी र नुवाकोटकी २४ वर्षीया अनु थापा पक्राउ परेका हुन् ।

    चारदिन अघि थापाले मोबाइल चोरेको आरोपमा रविकी श्रीमती ३६ वर्षीया बवितादेवी चौधरीलाई कुटपिट गरेकी थिइन् । सोही कुटपिटबाट बवितादेवीको शनिबार मृत्यु भएपछि उनीहरुले शवलाई आइतबार जलाउन सुरु गरेका थिए ।

    बविताको मृत्यु भएकै ठाउँमा खाल्डो खनेर गाड्ने योजना बनेपनि सम्भावना नभएपछि उनीहरुले शवलाई जलाउन थालेका थिए । जल्दै गरेको शवको केही अंश पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको प्हरीले जनाएको छ ।

    रवि र बविता पशुपति क्षेत्रमा मजदुरी गर्दै आएका थिए । उनीहरु पशुपति क्षेत्रको राम मन्दिरमा बस्दै आएका थिए । सोही ठाउँमा बविताको ज्यान गएको थियो ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology