Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरी फर्किएका नेपाली पर्वतारोहण टोलीलाई भव्य स्वागत

विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरी फर्किएका नेपाली पर्वतारोहण टोलीलाई भव्य स्वागत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १३, २०७७ मंगलवार • ०९:३०:२९ बजे
  • 2.9K
    SHARES
  • विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरी फर्किएका नेपाली पर्वतारोहण टोलीलाई भव्य स्वागत

    विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरी फर्किएका नेपाली पर्वतारोहण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

    images

    १० जना नेपाली पर्वतारोही टिमले विश्वको दोस्रो सबैभन्दा अग्लो हिमाल केटु आरोहण गरेर विश्व रेकर्ड बनाएका थिए । उनीहरुले ३ माघ २०७७ अर्थात् १६ जनावरी २०२१ मा हिमालको सफल आरोहण गरेका थिए ।

    उनीहरुले ८ हजार ६ सय ११ मिटर अग्लो हिमाल आरोहण गरेका हुन् । केटु हिमाल अहिलेसम्म हिउदयाममा कसैलेपनि आरोहण गर्न सकेका छैनन् । पाकिस्तान र चीनको सीमामा रहेको यो हिमाल काराकोरम पर्वत श्रृांखलामा पर्दछ ।

    केटु ८ हजारभन्दा बढी उचाइ रहेका विश्वका १४ हिमालमध्ये एक हो । सर्वोच्च शिखर सगरमाथाभन्दा २३७.८६ मिटर कम उचाइ रहेको छ ।

    अमेरिकी पर्वतारोही जर्ज बेलले सन् १९५३ मा केटु हिमाल चढ्ने गरेपनि असफ भए र उनको मृत्यु भयो ।

    सुरुमा नेपाली पर्वतारोहीको चारवटा टोली पर्वतारोहणका लागि निस्किएको थियो । जसमा ६० जना सदस्य थिए । अन्तिममा १० जनाले मात्र सफल आरोहण गरे ।

    पहिलो पटक सन् १९८७ देखि १९८८ मा केही पर्वतारोहीले केटु हिमाल आरोहण गर्ने कोशिश गरेपनि अहिलेसम्म कसैले पनि ७ हजार ६ सय ५० मिटरभन्दा माथि जन सकेका थिएनन् ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # स्वागत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology