Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

दलित आत्मरक्षा अभियानव्दारा सोती हत्याकाण्डका पीडितलाई सहयोग हस्तान्तरण

दलित आत्मरक्षा अभियानव्दारा सोती हत्याकाण्डका पीडितलाई सहयोग हस्तान्तरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७७ शुक्रवार • २१:१५:५७ बजे
  • 3.1K
    SHARES
  • दलित आत्मरक्षा अभियानव्दारा सोती हत्याकाण्डका पीडितलाई सहयोग हस्तान्तरण

    मयूरपाटी -दलित आत्मरक्षा अभियानले पश्चिम रुकुम सोती गाउँमा हत्या गरिएका नवराज विक र उनका ५ साथीका परिवारलाई २५ हजार रुपियाँका दरले सहयोग हस्तान्तरण गरेको छ। बागलुङबाट गएका अभियन्ताहरू र पत्रकार अनि खलंगाका अभियन्ताहरूको समेत सहभागिता रहेको कार्यक्रम मृतक नवराज बिककै घरमा आयोजना गरिएको थियो।

    नगरका मेयर सिपी घर्तीले उक्त रकम हस्तान्तरण गर्दै दलित आत्मरक्षा अभियान र सहयोगी दाताहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । आर्थिक रुपमा विपन्न ती परिवारहरूलाई शोकको बेला र करोना लकडाउनको समेत सकसमा कानूनी संघर्षमा मद्दत मिलोस् भन्ने उद्देश्यले रकम जम्मा गरेर पठाइएको हाल अफगानिस्तानमा कार्यरत अभियानका उपसंयोजक होम गोतामे विकले जानकारी दिए ।

    images

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology