Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आन्दोलनमा म: भाई प्रहरी देखेर डराए

आन्दोलनमा म: भाई प्रहरी देखेर डराए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०७७ आइतवार • १९:२०:५७ बजे
  • 6.8K
    SHARES
  • आन्दोलनमा म: भाई प्रहरी देखेर डराए

    सम्भु रसाली

    images

    समय समयमा जातियतालाई आधार बनाएर कहिले प्रेम गरेको निहुमा, कहिले चुलो छोएको निहुमा, कहिले घर छोएको निहुमा त कहिले के के हो के के निहुमा उच्च जाती भनाउदाहरुले दलितहरुको हत्या गर्दै आईरहेका छन । त्यसको बदलामा दलितले न्यायको माग गरि आन्दोलन गर्दै आएको कुरा सबैलाई अबगत नै छ । यसै क्रममा थोरैले न्याय पाए होलान तर धेरैले न्याय पाउन सकिरहेका छैनन । त्यसको दु:खद उदाहरण अजित मिजारको शब हो । सबले बर्शौदेखी टिचिङ हस्पिटलको सब गृह कुरेर बसिरहेको छ । मानौ त्यो सबले सबहरुको पालेको काम गरिरहेको छ । हिन्दु शास्त्र अनुसार, बाहुन, क्षेत्री र बैश्यको सेबक सुद्र भने जस्तै अजित मिजारको शव शवहरुको सेबक भैइरहेको छ । बाचुन्जेल गर्नु पर्ने कामले मरिसके पनि छोडेन मिजारलाई । सबै दलितको नियति यहि हो, बाच्दा पनि सेबक मरेपछी पनि सेबक । जबसम्म जात ब्यबस्था रहिरहन्छ तबसम्म यस्ता घटना र कार्य दलितले गर्नै पर्ने र भोग्नै पर्ने हुन्छ ।

    5.jpg

    अहिलेको सन्दर्भमा, रुकुम लगाएत नेपालको विभिन्न ठाउमा जातीयतालाई आधार बनाएर भएको हत्या र त्यसको विरुद्धमा भैरहेको आन्दोलन सकिएको छ । पिडितहरुले न्याय पाउलान वा नपाउलान, त्यो कुरा इतिहासले मुल्यांकन गर्ने छ । त्यसको हिसाब किताब भबिस्यमा आन्दोलनले नै गर्ने छ । न्यायको लागि धन्यवाद र अन्यायको लागी दण्ड पनि आन्दोलनले नै दिने छ । दिन पछि रात, रात पछि दिन आउछ भने जस्तै एक दिन अबस्य दलितहरुको दिन आउने छ । त्यही बेला हिसाबकिताब पनि चुक्ता हुने छ ।

     

    नेपालको राजधानी काठमाडौ भएको हुँदा अन्य जिल्ला तुलनामा यहा आन्दोलन बढी हुनु स्वभाबिक हो । सबै राजनीतिक दल र जात जातिको आन्दोलनको केन्द्र बिन्दु पनि यहि हो । अन्तिम परिणाम दिने आन्दोलन पनि यहिबाट हुन्छ । तर अन्तिम परिणाम दिने दलितहरुको आन्दोलन कहिलेदेखी हुने हो ? यो सबैको चासोको बिषय बनेको छ । आन्दोलन सफल बनाउन सबैको सहभागीताको जरुरी छ । तर आन्दोलनमा त्यस्तो देखिएन । थोरै आए धेरै आएनन । रुकुम काण्ड र शम्भु सदा काण्डले किन दलितको मन छोएन ? पिडा सबैको हो तर त्यही पिडा किन सबैको हुन सकेन ?

    4.jpg

    पिडा दलित नेताको हुन सकेन, पिडा दलित ब्यबसायिको बन्न सकेन, पिडा दलित कर्मचारीहरुको बन्न सकेन, पिडा दलित मजदुरको बन्न सकेन, पिडा दलित कृषकको बन्न सकेन, पिडा दलित विद्यार्थीको बन्न सकेन, पिडा दलित कलाकारको हुन सकेन, पिडा गृहाणिको बन्न सकेन र पिडा डाक्टर, इन्जिनियर, वकिल कसैको बन्न सकेन । सबै आन्दोलनदेखी किन भागे, आन्दोलनमा किन आएनन ? महत्त्वपूर्ण कुराको खोजी यहि छ ।

     

    सचेत नागरिक भएको नाताले आन्दोलनमा सरिक हुनु मेरो पनि कर्तव्य र दायित्व हो । त्यहिकारण दलित संघर्ष समितिले आयोजना गर्दै आएको आन्दोलनमा म गैरहेको थिए । एक दिनको कुरा हो, एक जना भाईलाई लिएर म आन्दोलन चोक माईतिघर मण्डला पुगे । जब हामी माईतिघर पुगियो भाईको अनुहार कालो र निलो भयो । म आफ्नै धुनमा मस्त थिए । उसको अनुहारको कुनै वास्ता नगरी म साथिभाईहरुसित कुराकानिमै ब्यस्त थिए । म साथिभाईहरुसङ्ग आन्दोलको समिक्षा गर्दै थिए । आन्दोलनको कमजोरीको पक्षमा बहस गर्दै थिए । भाई कहिले यता कहिले उता गर्दै थिए, म भने आन्दोलनको तयारी ।

     

    त्यो दिन, र्‍याली माईतिघरबाट नयाँबानेश्वर गएर कोण सभामा रुपान्तरणित हुने कार्यक्रम रहेछ । जब र्‍याली शुरू हुन लाग्यो भाई हराए । मैले यताउता हेरे कतै देखिन । "भाई कहा हुनुहुन्छ" मैले मोबाईलबाट सोधे; उनले भने "म घरमा आए दाई, मलाई त पुलिस देखेर डर लाग्यो ।" भाईमा डर आउनु स्वभाबिक थियो उनले ब्यक्त गरे हामिले गरेनौ फरक यत्ती मात्रै थियो । ममा भएको डर मेरो सारा शक्तिलाएर दबाएको थिए । आफु सुरबिर जस्तै भएको कल्पना गर्दै आन्दोलनको मोर्चामा खडा भैइरहे ।

    2.jpg

    भाई डराए जस्तै र मैले डर लुकाए जस्तै, आन्दोलनकारी प्रहरीसङ्ग डराउनै पर्ने अबस्था देखिन्थ्यो । प्रहरी हामी भन्दा धेरै देखिन्थे त्यो पनि अस्त्र सस्त्र सहित । प्रहरीको हातमा लाठी, अस्रुग्यास, पेस्तोल, सुरक्षा कबच थियो भने आन्दोलनकारीसङ्ग मात्र झण्डा र ब्यानर । उनिहरु खाईलाग्दा तर भोकाएका सिहहरु जस्तै देखिन्थे । मलाई लागि रहेको थियो, कुनै पनि बेला उनिहरुले सिकारीको शैलीमा आन्दोलकारीमाथी जाई लाग्ने छ्न । सिहहरुले सिकारगरेर छोडेको रहलपहल खान फ्याउरोहरु सलबलाए जस्तै पत्रकारहरु कहिले अघि, कहिले पछि, कहिले दायाँबायाँ दौडिरहेका थिए ।

     

    मलाई यस्तो लाग्यो, प्रहरीको घेराबन्दीमा आन्दोलनकारी छन । क्यामेरा म्यानहरुले आन्दोलनकारिहरुको सुरक्षा दिइरहेका छन । एउटा हात्तीको सिकार गर्न सिहहरुले चारैतिरबाट उसलाई घेरे जस्तै प्रहरीहरुले हामिलाई घेरेका थिए । यस्तो आन्दोलनले के हामिले सोचे जस्तो परिणाम ल्याउलन सक्छ, म सोच्दै थिए ? आन्दोलन अगाडि बढ्दै थियो । जब आन्दोलन कोण सभामा रुपान्तरण भयो । आखा बन्द गरेर नेताहरुको भाषण सुन्दा यस्तो लाग्थ्यो कि त्यहाँ लाखौं आन्दोलकारी छन । मैले यस्तै यस्तै कल्पना गर्थे । मलाई यस्तो लाग्थ्यो ति सबै भाषण सापटी हुन, उनिहरुको हाउभाउले त्यस्तै देखाउथ्यो ।

    3,.jpg

    आन्दोलनमा जनजातिका साथिहरु उल्लेखनीय मात्रामा थिए भने बाहुन क्षेत्री फाट्टफुट्ट । उनिहरु नभैदिएको भए आन्दोलन कस्तो र कत्रो हुन्थ्यो, मलाई अचम्म लाग्थ्यो। आन्दोलनमा जनजातिका साथिहरुको नाराले दलित कार्यकर्ताको नारा दबिएको अनुभुती हुन्थ्यो । जति जोस उनिहरुमा थियो त्यती जोश दलितमा थिएन । आन्दोलनमा नेता र कार्यकर्ता मात्रै थिए त्यो पनि नगण्य मात्रामा । दलित नै नभएको आन्दोलन के दलित आन्दोलन, मेरो मनमा यस्तै कुरा खेल्दै थिए ।

     

    आन्दोलन किन यति कमजोर भयो ? दलित आन्दोलनले किन गति लिन सकेन ? आन्दोलनले किन सच्चा, बाहादुर र इमानदार नेता पाएन ? कहिलेसम्म भाडाकुटी खेले जस्तै आन्दोलन गर्ने हो ? दलित आन्दोलनको नेतृत्व गर्ने साहसी नेताको जन्म कहिले हुने ? दलितहरु ज्यूदो लास जस्तै भएर कहिलेसम्म बाच्नु पर्ने हो ? यस्ता प्रश्नले मेरो मनमा झटारो हान्दै थिए । मसङ्ग झटारोले दिएको पिडा सहने बाहेक अन्य कुनै बिकल्प थिएन ।

     

    आन्दोलनले गति लिन र सफल हुन दलित बर्गको भौतिक उपस्थिति, आर्थिक सहयोग र नैतिक समर्थनको अनिवार्य खाचो छ । आआफ्नो ठाउँबाट सबैको सहयोगको अपरिहार्यता छ । तर आन्दोलनमा यि कुरा देखिएन । आन्दोलन बराजुको आदेशलाई सिरोपण गर्दै आगामी चुनाबको तयारी जस्तै देखिन्थ्यो । र्‍यालि बिभिन्न दिसाबाट बिभिन्न पार्टीको झन्डाले सिगारेको बिबाह मण्डप जस्तै देखिन्थ्यो । बिबाहमा बेहुलिलाई राम्रा राम्रा कपडाले सजाए जस्तै आआफ्नो ब्यानरले आन्दोलकारी सजिए जस्तै देखिन्थे । बिबाहमा हुने फोटो शेसन जस्तै आअफ्नो ब्यानरमा फोटो लिन सबै ब्यस्त र मस्त देखिन्थे । त्यो कुराबाट म पनि अछुत हुन सकिन । जसो जसो बाहुन बाजे उसो उसो स्वाह भन्ने सुत्र मैले पनि लागु गरिरहे ।

     

    आन्दोलनको नेतृत्व गर्ने नेताहरु मालिकको इमानदार सेबक जस्तै आआफ्नै पारामा ब्यस्त देखिन्थे । असार महिनाको रोपाईमा हलिहरु ब्यस्त भए जस्तै सबै ब्यस्त थिए । कोहि कोहित महामहिम नेताकै चुरिफुरीमा ठेकेदार जस्तै देखिन्थे । म उनिहरुलाई देखेर छक्क परिरहेको थिए । मलाई लागी रहेको थियो यस्तो आन्दोलन र यस्ता नेताबाट के दलित आन्दोलन सफल होला ? आन्दोलन सफल गराउन आन्दोलन मालिक दलितहरुनै हुनु पर्यो । आन्दोलनलाई आफ्नो नजरले देख्नु पर्यो तव आन्दोलन हुन्छ ।

     

    माथिकै कुराबाट प्रष्ट हुन्छ । आन्दोलन नाममात्रको आन्दोलन थियो । आन्दोलन प्रचारमुखी र चुनाब मुखी थियो । आन्दोलन प्रतिपक्षी पार्टिको थियो । आन्दोलन दलितको थिएन, बर्गको थिएन । थियो भने नेपाल सरकार पक्षका दलितहरु किन आएनन ? अबको आन्दोलन वारपारको हुनुपर्छ । त्यसको लागि पार्टिको आदेशबाट होइन दलित बर्गको आदेश अनुसार चल्ने आन्दोलन हुनुपर्छ । आन्दोलनमा सबै उमेर र लिङ्गको उपस्थिति हुने आन्दोलन हुनु पर्छ । आन्दोलनको माग जातीय बिभेद गर्नेलाई आजिबन सजाय, मृत्यु दण्ड, जात ब्यबस्थाको खारेजी, राज्यको हरेक निकायमा पुर्ण समानुपातिक प्रतिनिधित्व, दलितलाई उच्च शिक्षासम्म निसुल्क, आर्थिकरुपले सम्पन्न हुन बिना ब्याज ॠणको ब्यबस्था हुनुपर्छ । यस्तो भयो भने मात्र आन्दोलनमा सबैको सहभागिता हुने छ । नत्र भने  हात्ति आयो  हात्ति  फुस्स भने जस्तै हुने छ ।

  • सम्बन्धित विषय:

  • # जातिय बिभेद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology