Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या

बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७७ बुधवार • १२:३७:५७ बजे
  • 1.6K
    SHARES
  • बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या

    बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ ।छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

    images


    छविसपाथिभेरा–३ मा रहेको बान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्कने क्रममा मंगलबार साँझ भएको विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको उनले बताए ।


    खुँडा प्रहार गर्नेमध्येका एकजना सोही गाउँपालिका–२ का ३२ वर्षीय ज्ञानबहादुर कडायतलाई घटनास्थलबाटै पक्राउ गरिएको छ भने सोही ठाउँका प्रकाश ऐडी फरार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

    हत्यामा प्रयोग गरिएको खुँडा बरामद गरी शव जिल्ला अस्पताल सिमखेतमा राखिएको र शवको परीक्षण भने अहिलेसम्म नभएको बताइएको छ । फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

    यसअघिसमेत सो विद्यालयमा व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदै आएको बुझिएको छ ।

  • सम्बन्धित विषय:

  • # हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology