Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेका बेला सामाजिक सञ्जालमा भाइरल अर्जुन विक पक्राउ

छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेका बेला सामाजिक सञ्जालमा भाइरल अर्जुन विक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७७ बुधवार • १३:०३:२८ बजे
  • 1.4K
    SHARES
  • छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेका बेला सामाजिक सञ्जालमा भाइरल अर्जुन विक पक्राउ

    छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेका बेला सामाजिक सञ्जालमा भाइरल भएका अर्जुन विक पक्राउ परेका छन्।

    images

    कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक (कामी) अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा पक्राउ परेका हुन्।

    उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले गत माघ ८ गते काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो।

    उनले भजनी नगरपालिका वडा नं ४ बाट १३ वर्षकी किशोरीलाई अपहरण गरी काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित डेरामा ल्याएका थिए। गत साउन १५ गतेसम्म डेरामै राखेर उनी फरार थिए।

    त्यसपछि पीडित युवतीले गत साउन ३० गते बन्धक कोठामा डर, धाकधम्की दिई जबरजस्ती करणी समेत गरेको उजुरी दिएकी थिइन्।

    उजुरीपश्चात अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी विकको निरन्तर खोजी गरिएको कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। खोजी क्रममा उनलाई काठमाडौंमा पक्राउ गरिएको उनले बताए।

    ‘उनलाई पक्राउ गरी जिप्रका ल्याई कैलाली जिल्ला अदालतबाट सोही मुद्दामा म्याद थप गरी  आवश्यक अनुसन्धान कार्य भइरहेको छ,’ उनले भने।

    पक्राउ परेका अर्जुन विक केही महिनाअघि श्रीमतीले धोका दिएर छोडेकी भन्दै छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गर्दा सामाजिक सञ्जालमा अन्तर्वार्ता दिएपछि भाइरल भएका थिए। 

  • सम्बन्धित विषय:

  • # पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology