Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

फर्जी कर्मचारी देखाएर ठगी गरेको आरोपमा विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ

फर्जी कर्मचारी देखाएर ठगी गरेको आरोपमा विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ १४, २०७७ बुधवार • १३:४८:४१ बजे
  • 1.3K
    SHARES
  • फर्जी कर्मचारी देखाएर ठगी गरेको आरोपमा विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ

    फर्जी कर्मचारी देखाएर ठगी गरेको आरोपमा प्रहरीले विराट मेडिकल कलेज टंकिशिनवारीका प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ ।

    images

    फर्जी कर्मचारी देखाएर आर्थिक अपचलन गरेको आरोपमा कम्प्युटर शाखाका कर्मचारी राजनारायण चौधरीसहित प्रमुख प्रशासकीय अधिृकत सुधिरसिंह राठोर पक्राउ परेका हुन् ।

    दुईजनालाई मंगलबार पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    ४२ वर्षीय राठोर चार वर्षयता कलेजमा कार्यरत थिए । अस्पतालमा जागिरका लागि आवेदन दिएका पाँच कर्मचारी अस्पतालले काममा राखेको थिएन् । तर अस्पतालमा बुझाएको कागजात देखाएर बैंक खाता खोलेको र मासिकरुपमा खातामा पैसा जम्मा गर्ने गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    नक्कली कर्मचारी खडा गरी मेडिकल कलेजको पैसा अपचलन उजुरी आएपछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

    पाँचजना कर्मचारी मेडिकल कलेजमा काम गरेको विवरणमा देखिए पनि फिल्ड र स्टाफ लिस्टमा नदेखिएपछि प्रहरीमा जाहेरी परेको थियो ।

    नक्कली कर्मचारी नियुक्त गरेको कर्मचारीको नाममा माछापुच्छे्र बैंकमा खाता खुलेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology