देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कोही व्यक्तिले ज्यान नगुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर २ सय १३ जनामा नयाँ संक्रमण पुष्टि भएपनि मृतकको संख्या नथपिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका २ सय १३ जनासहित देशभर कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ । यीमध्ये ३ हजार २ सय ३ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै, देशभर थप २ सय ९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । उनीहरुसँगै कोरोना जित्नेको संख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट देशभर २ हजार २० जनाको ज्यान गएको छ ।