Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दुर्घटनामा एकको मृत्यु, एक घाइते

दुर्घटनामा एकको मृत्यु, एक घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १६, २०७७ शुक्रवार • १२:४३:५८ बजे
  • 988
    SHARES
  • दुर्घटनामा एकको मृत्यु, एक घाइते

    चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी मनरा सिसुवा नगरपालिका–९ का ३२ वर्षीय आनन्द झा रहेको प्रहरीले जनाएको छ ।

    images

    बिहीबार साँझ चितवनको राप्ती नगरपालिका–१ पिप्लेस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना६ख ६२८६ नंको ट्रकले सोही दिशाबाट आइरहेको प्रदेश नं २–०२–००१प ५१०४ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक झाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार धनुषा जनकनन्दनी गाँउपालिका–५ का २२ वर्षीय श्वेता झाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology