तस्बिरः रुसी दूतावासको ट्विटबाट
रुसको सेचेनोभ विश्वविद्यालयले मानिसमा गरिएको कोरोनाविरुद्ध खोपको क्लिनिकल परीक्षण सफल भएको दाबी गरेको छ।रुसकाे समाचार एजेन्सी ताससँग कुरा गर्दै अनुसन्धान प्रमुख एलैना स्माेलियचकले मानिसमा गरिएकाे खोपको परीक्षण नतिजा प्रभावकारी देखिएको दाबी गरेका हुन्।
उनले भने, ‘अनुसन्धान पूरा भएको छ र यो खोप सुरक्षित देखिएको छ। स्वयंसेवक (खोप लगाउने मानिस) लाई यही जुलाई १५ र २० मा डिस्चार्ज गरिनेछ।’डिस्चार्ज भइसेकपछि पनि विश्वविद्यालयले स्वयंसेवकलाई निगरानीमा राख्नेछ। विश्वविद्यालयले कोरोनाविरुद्धको उक्त खोप पहिलो परीक्षणअन्तर्गत गत जुन १८ मा १८ जनालाई दिएको थियो भने दोस्रो चरणको परीक्षण जुन २३ गते सम्पन्न गरेकाे थियो।
भारतस्थित रुसी दूतावासले ट्विट गर्दै विश्वमा कोरोनाविरुद्धको खोप यही पहिलो भएको दाबी गरेको छ।
तर यो खोप आम प्रयोगका लागि कहिलेदेखि बजारमा आउँछ भन्नेबारे केही खुलाइएको छैन।