Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भनसुन बिनै हुन थाल्यो कर्मचारीको सरुवा

भनसुन बिनै हुन थाल्यो कर्मचारीको सरुवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १७, २०७७ शनिवार • १०:४३:३१ बजे
  • 1.1K
    SHARES
  • भनसुन बिनै हुन थाल्यो कर्मचारीको सरुवा

    विराटनगरको भन्सार कार्यालयका नायब सुब्बा विजय गौतमले काठमाडौँमा रहेको केन्द्रीय तथ्याङ्क विभागमा सरुवा माग गर्दै एक महिनाअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिए । अनलाइन प्रणालीबाट सरुवाका लागि निवेदन दिएको दुई हप्तामै गौतमलाई मन्त्रालयबाट तपाईंले रोजेकै कार्यालयमा सरुवा भयो भनेर फोन आयो ।

    images

    महोत्तरी, जलेश्वरको हुलाक कार्यालयबाट निजामती किताब खानामा सरुवाका लागि निवेदन दिएका खरिदार सावित्रा अधिकारीको पनि अनलाइनबाट निवेदनदिएको केही दिनमै मन्त्रालयले सरुवा भएको जानकारी दियो । “खाली ठाउँ कहाँ छ भन्ने खोज्दै जाँदा निजामती किताब खानामा खरिदारको पद खाली भएको पाइयो । अनलाइनबाट निवेदन दिएँ । निवेदन दिएको चार दिनमै तपाईंको काम भयो भनेर मन्त्रालयबाट फोन आयो” अधिकारीले भनिन् । अनलाइन प्रणालीबाट सरुवा गर्दा बिनाभनसुन र विना झन्झट रोजेकै कार्यालयमा सरुवा भएको उनल बताइन् ।


    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुरु गरेको अनलाइन सरुवा प्रणाली प्रभावकारी बन्दै गएको छ । यसअघि भौतिक रूपमै उपस्थित भएर सरुवाका लागि निवेदन दिँदा एक महिनामा तीन सयदेखि चार सय निवेदन आउने गरेकोमा अनलाइन प्रणाली लागू भएपछि आठ सय पुगेको छ ।


    निवेदन दिएकामध्ये एक महिनामा ७२ जनाको सरुवा अनलाइन प्रणालीबाट भएको मन्त्रालयले जनाएको छ । गोरखापत्रमा खबर छापिएकाे छ ।

  • सम्बन्धित विषय:

  • # कर्मचारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology