Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रसायनको जोखिम शृङ्गारदेखि सरसफाइसम्म

रसायनको जोखिम शृङ्गारदेखि सरसफाइसम्म

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १७, २०७७ शनिवार • १०:४६:२० बजे
  • 823
    SHARES
  • रसायनको जोखिम शृङ्गारदेखि सरसफाइसम्म

    एक्काइसौँ शताब्दी विज्ञान र प्रविधिको युग हो । योविना कुनै पनि काम असम्भवजस्तै बनेको छ । यसको सहयोगले नै मानवका हरेक इच्छा र आकाङ्क्षा पूर्ति भइरहेका छन् । तर, मानवको यो इच्छा र आकाङ्क्षा पूर्ति गर्नेक्रममा अप्राकृतिक वस्तुहरूको उत्पादन पनि तीव्र रूपमा भइरहेका छन् ।

    images

    यस्ता अप्राकृतिक वस्तुको उत्पादन र खपत संसारभर नै बढिरहेका छन् । उत्पादन विकसित मुलुकमा र प्रयोग विकासशील वा कम विकसित मुलुकमा हुँदै आएको छ । यो प्रक्रियामा नेपालजस्तो देश अछुतो रहने त कुरै भएन । झन् दुवैतिर ठूला औद्योगिक राष्ट्र रहेको र कम उत्पादकत्व भएको देश हुनाले नेपालमा यसको प्रभाव अझ बढी परेको छ ।

    हामीकहाँ विज्ञान र प्रविधिको विकास ढिलोगरी सुरु भयो । यसले आर्थिक विकासमा पारेको प्रभाव त छँदै छ, मानिसमा वैज्ञानिक चेतनाको विकास पनि पर धकेल्यो । यस्तो अवस्थामा विकसित राष्ट्रले उत्पादन गरेका अप्राकृतिक वस्तुले के–कस्तो असर गर्छ भनेर खुट्ट्याउन कठिन नै हुन्छ । तर, विदेशबाट आयात गरिएका वा देशभित्रै उत्पादन गरिएका अप्राकृतिक वस्तुको प्रयोग सहर होस् वा गाउँ सबैतिर भइरहेका छन् । यस्ता वस्तुमा प्रयोग भएका रसायनले हाम्रो स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेका हुन्छन् । तर अशिक्षितमात्र होइन, शिक्षित समुदायले पनि त्यति ध्यान दिएको पाइँदैन ।

     

    शृङ्गार, सरसफाइ, प्लास्टिकजन्य पदार्थ, अत्याधुनिक रङ्गरोगन, कीटनाशक विषादि आदिको जथाभावी प्रयोग हुँदा त्यसमा भएका विभिन्न किसिमका रसायनले हानि पुर्याइरहेका हुन्छन् । त्यसैले यस्ता वस्तुहरू प्रयोग गर्दा विशेष सतर्कता जरुरी हुन्छ ।,याे खबर गाेरखापत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # रसायनको जोखिम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology