Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अल्मुल्ला एक्सचेञ्ज अन्तर नेपाली भलिबल कप 2021 को उपाधी साल्मिया समुहको पोल्टामा

अल्मुल्ला एक्सचेञ्ज अन्तर नेपाली भलिबल कप 2021 को उपाधी साल्मिया समुहको पोल्टामा

चन्द्र गाेतामे

चन्द्र गाेतामे

माघ १७, २०७७ शनिवार • १५:३९:२५ बजे
  • 2.3K
    SHARES
  • अल्मुल्ला एक्सचेञ्ज अन्तर नेपाली भलिबल कप 2021 को उपाधी साल्मिया समुहको पोल्टामा

    कल्याणकारी नेपाली यूवा समाज कुवेतको आयोजकत्वमा अलमुल्ला एक्सचेञ्ज कुवेतको मुख्य प्रायोजनमा सम्पन्न अल्मुल्ला एक्सचेञ्ज अन्तर नेपाली भलिबल कप 2021 को उपाधी साल्मिया समुहले हात पारेको छ ।

    images

    कुवेतको माबुल्ला स्थित भलिबल प्राङ्गणमा सम्पन्न भएको खेलमा साल्मिया समुहले नमस्ते नेपाली रेस्टुरेन्ट समुहलार्इ हराउँदै विजेता बनेको हो । भने नमस्ते नेपाली रेस्टुरेन्ट समुह उपविजेता बनेको छ । त्यसैगरी आयोजन समुह कल्याणकारी नेपाली यूवा समाजले तृतीय स्थान ओगटेको छ ।

    1.jpgत्यसैगरी विजेता समुहले कप, गोल्ड मेडल र नगद १०१ केडि पुरस्कार स्वरुप प्राप्त गरेका छन, भने उपविजेता नमस्ते नेपाली रेस्टुरेन्ट समुहले कप, सिल्भर मेडल र नगद ५१ केडि जितेका छन । त्यसैगरी तृतीय स्थान विजेताले कप सहित २५ केडि नगद प्राप्त गरेका छन ।2.jpg

    सयाैं नेपाली तथा विदेशी दर्शकहरुको उपस्थिति रहेको खेल मैदानमा ८ समुहले सहभागीता जनाएको थिए ।  प्रतियोगितामा अल मुल्लाका एक्सचेञ्ज कुवेतका म्यानेजर जोन सिमोन , असिस्टेन्ट मार्केटिङ म्यानेजर हुजेफा अब्बासि , कोडिनेटर भुवन सुवेदी लगायत कुवेतमा कृयाशिल सघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा प्रोयोजक अल मुल्लाले दर्शकहरुको लागि विभिन्न उपहारको समेत ब्यबस्था गरेको थियो ।3.jpg

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology